७२ बर्षिय आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज । उपकार सेवा नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत बिरगंज महानगरपालिका वडा न. २ छपकैया तुतबारी निवासी ७२ वर्षीय शेख आलमलाई व्हिलचेयर सहयोग प्रदान गरेको छ।

आलम पुर्व प्रहरी हवल्दार रहेको र प्रहरीहरुलाई सहयोग गर्दै आईरहेको भन्दै तस्करहरुका समुहले आलमलाई मार्ने मनसायले रात्रिको बेला बन्दुकले गोलि हान्ने क्रममा शारीरिक रूपमा अशक्त भएका थिए भने पछिल्ला केही वर्षदेखि पूर्ण रूपमा अपाङ्ग अवस्थामा जीवन यापन गर्दै आएका छन्।

अत्यन्तै कमजोर आर्थिक अवस्था र दयनिय स्वास्थ्य अवस्थाका कारण दैनिक जीवन अत्यन्त कठिन भइरहेका आलमलाई सहजता प्रदान गर्ने उद्देश्यले व्हिलचेयर सहयोग गरिएको उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले जानकारी दिनुभयो। “दीन–दुखी, असहायको सेवा नै सर्वोत्तम धर्म हो भन्ने भावनाले प्रेरित भएर हामीले यो सहयोग गरेका हौँ,” अध्यक्ष सरावगीले बताउनुभयो। सहयोगस्वरूप प्रदान गरिएको व्हिलचेयर उपहार एक कार्यक्रमबीच आलमको निवासमै हस्तान्तरण गरिएको थियो।

उक्त अवसरमा उपकार सेवा नेपालका सुमन बगेडिया, सामाजिक अभियन्ता प्रकाश थारू, कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलगायत स्थानीय समाजसेवी तथा भद्रभलादमीहरू पनि उपस्थित रहनुभएको थियो।

सामाजिक सेवामा निरन्तर क्रियाशील उपकार सेवा नेपालको यस कार्यले अपाङ्ग, अशक्त तथा विपन्न वर्गको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...