साउथ सिटि हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न , १२ महिला सहित ४१ जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । साउथ सिटी हस्पिटल बिरगंजद्वारा बिरगंज वडा न.१५ स्थित द हिमाल नर्सिङ्ग इन्स्टिच्युटको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरियो, जसमा १२ जना महिला सहित ४१ जनाले स्वेच्छिक रक्तदान गरे।

कार्यक्रममा अन्जली यादव, बिनिता श्रेष्ठ, सोफिया मल्ल, रितिका यादव, मिना पाण्डे, अन्जनी यादव, प्रनिशा न्यौपाने, प्रीयान्शु यादव, दिलमाया प्रजा, लालबाबु चौधरी, जितेन्द्र कुमार यादव, साहिल अन्सारी, रामबाबु मुखिया, मो. नुरबाबु हास्मी लगायतका रक्तदाताहरुले अमूल्य रगत दान गरी मानवताप्रतिको उत्तरदायित्व निभाए।

हस्पिटलका एडमिनिस्ट्रेशन हेड लालबाबु चौधरीले “रक्तदान महादान, जीवनदान” भएको उल्लेख गर्दै हस्पिटलले हरेक वर्ष दुईपटक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए। अहिलेको बढ्दो गर्मी र बिरगंज रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको जानकारी पाएपछि अल्प समयमा कार्यक्रम आयोजना गरिएको र त्यसमै पनि उल्लेखनीय सहभागिता देखिएकोमा उहाँले सबैलाई धन्यवाद व्यक्त गरे।
कार्यक्रममा रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पाण्डेले पछिल्ला दुई महिनादेखि रक्तदाताको कमीका कारण अस्पतालहरूमा उपचारमा समस्या आइरहेको जनाउँदै निरन्तर अपिल जारी गरिएको र विभिन्न संस्थाहरुको सक्रियता मार्फत समस्या केही हदसम्म समाधान भइरहेको बताए। उनले अझै पनि दैनिक माग अनुसारको रगत आपूर्ति हुन नसकेको भन्दै निरन्तर सहयोगको आग्रह गरे।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्साका सदस्य दया शंकर सिंह, रेषमकोठी उपशाखाका सचिव तथा बिरगंज कपडा बैंकका अध्यक्ष पत्रकार लालबाबु सिंह, सहकोषाध्यक्ष अभिलाश गुप्ता, सञ्चारकर्मी राज सराफ, राम आर्य, अर्जुन गुप्ता, प्रहलाद चौरसिया, शिक्षक, विद्यार्थी तथा अस्पतालका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...