स्वास्थ्य अधिकृत जयमोद ठाकुरद्वारा मादक पदार्थ सेवनपछि पत्रकारमाथि दुव्र्यवहार , नियन्त्रणमा लिएर मापसे परिक्षणको माग

Date:

अजित कुमार भुजेल, बिरगंज। जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले मादक पदार्थ सेवन गरेर पत्रकारमाथि दुव्र्यवहार गरेका छन्।

आइतबार दिउँसो बिरगंज स्थित क्लासिक बंक्वेटमा आयोजित जिल्ला स्वास्थ्य कार्यालयको अभिमुखीकरण कार्यक्रममा उनी मदिरा सेवन गरेर पुगेका थिए।

कार्यक्रममा सहभागी पत्रकारहरूलाई उनले अपशब्द प्रयोग गर्दै सार्वजनिक रूपमा गालीगलौज गरेका थिए।

चलचित्र पत्रकार संघ पर्साद्वारा सोही स्थानमा आयोजना गरिएको चलचित्र पोष्टर विमोचन कार्यक्रममा सहभागी पत्रकारहरूमाथि ठाकुरले दुर्व्यवहार गरेका थिए। पत्रकारहरूले जब उनलाई मदिरा सेवन गरेको हो ? भनेर सोधेका थिए, उनी कार्यक्रमस्थलबाट भागेका थिए।

ठाकुरको यस्तो अभद्र र गैरजिम्मेवार व्यवहारप्रति पत्रकार समुदाय आक्रोशित बनेको छ। उनी सरकारी कर्मचारी मात्र नभई स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत व्यक्ति भएको हुँदा, डिउटी समयमा मादक पदार्थ सेवन गरी पत्रकारमाथि दुव्र्यवहार गर्नु अत्यन्त निन्दनीय कार्य भएको भन्दै आक्रोश पोखिएको छ।

पत्रकारहरूले ठाकुरलाई तत्काल नियन्त्रणमा लिएर मापसे परीक्षण गरिनुपर्ने माग गरेका छन्। यस घटनाबारे प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई जानकारी गराइएको छ। प्रशासनले ठाकुरलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको छ।

कार्यक्रममा सहभागी केही स्वास्थ्यकर्मीहरूले पनि ठाकुर सधैं आफूलाई “सूचनाको हकको अभियन्ता” तथा “पत्रकार” भनेर चिनाउने र साना कर्मचारीमाथि शक्ति प्रदर्शन गर्ने प्रयास गर्ने गरेको खुलासा गरेका छन्। यो घटनाले स्वास्थ्य प्रणालीमा नै गम्भीर प्रश्न उठाएको छ — अभिमुखीकरण कार्यक्रम जस्तो संवेदनशील प्रशिक्षणमा स्वयं स्वास्थ्य निरीक्षकले मदिरा सेवन गरेर उपस्थित हुनु भनेको कस्तो स्वास्थ्य सेवा प्रवर्द्धन हो? आम नागरिक र सरोकारवाला पक्षले तत्काल निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग गरेका छन्।

त्यसैगरि आजै जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकारहरुले  ठाकुर बिरुद्ध अभद्र व्यवहार सम्बन्धि मुद्दा दर्ता गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...