पर्सा फोटोग्राफर एशोसिएसनको प्रथम अधिवेशन तथा तेस्रो जिल्ला साधारणसभा सम्पन्न , मुकेश कुमार साहको अध्यक्षतामा नया कार्यसमिति चयन

Date:

अजित कुमार भुजेल, बिरगंज । पर्सा फोटोग्राफर एशोसिएसनद्वारा आयोजित प्रथम अधिवेशन तथा तेस्रो जिल्ला साधारण सभा शुक्रबार बिरगंजस्थित लक्ष्मीनारायण प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।

पर्सा जिल्लाभरिका फोटोग्राफर तथा भिडियोग्राफरहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा नयाँ सदस्यता, नविकरण तथा संगठन सुदृढीकरणबारे गहन छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह रहेका थिए। उनले फोटोग्राफर तथा भिडियोग्राफरहरूको सीप अभिवृद्धि, तालिम तथा व्यावसायिक विकासमा महानगरपालिकाको तर्फबाट पूर्ण साथ रहने प्रतिबद्धता जनाउँदै भने, “गएको वर्ष योजना लिएर आउन आग्रह गरिए पनि सहभागिता देखिएन, तर यसपटक सक्रिय सहभागिता हुनु सकारात्मक संकेत हो।”

कार्यक्रममा विशिष्ट अतिथि श्रीराम कन्डेल, हरिचन्द्र पन्त, निरञ्जन भण्डारी र विधाय सागरको उपस्थिति रहेको थियो।

अधिवेशनले एशोसिएसनको नयाँ कार्यसमिति पनि चयन गरेको छ। अध्यक्ष मुकेश कुमार साह ,उपाध्यक्ष कामेश्वर गुप्ता, सचिव अजय कुमार गुप्ता , सह–सचिव अमित कुमार बानिया , कोषाध्यक्ष: मकसुदन साह तेलि , सदस्यहरू राकेश कुमार मण्डल, सन्तोष प्रसाद कुशवाह, महेश साह कलवार, मुकेश कुमार यादव, राजु कुशवाह, भरत साह कानु र अशोक गिरि चयन भएका छन्।

पूर्व अध्यक्ष ओमप्रकाश कुशवाहाले कार्यक्रममा बोल्दै सम्पूर्ण फोटोग्राफर तथा भिडियोग्राफरहरूलाई संघमा आवद्ध हुन र एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे। उनले विशेष रूपमा नयाँ सदस्यता तथा नविकरण प्रक्रियामा सक्रिय सहभागी हुन पनि अनुरोध गरे।

कार्यक्रम उत्साहजनक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...