अजित कुमार भुजेल , बिरगंज । जनकपुरधामको भानुचोकमा शनिबार नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको नयाँ कार्यालय उद्घाटन गरिएको छ। भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले रिबन काटेर उद्घाटन गरेका कार्यक्रम महासंघका प्रदेश अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरू, नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधिहरू, विभिन्न जिल्लाका अध्यक्षहरू, पत्रकार, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि मेयर साहले पत्रकारहरूको योगदानको प्रशंसा गर्दै पत्रकार संगठनका लागि सहयोग गर्न जनप्रतिनिधिहरु लाई आग्रह गरे। वक्ताहरूले प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षालगायत विषयमा महत्वपूर्ण मन्तव्य व्यक्त गरेका थिए।
महासंघका पदाधिकारीहरूले नयाँ कार्यालय प्रदेशस्तरको सञ्चार विकास र पत्रकार हितमा टेवा पुग्ने विश्वास व्यक्त गरे। समारोहमा पत्रकारहरूको क्षमता विकास, तालिम र सूचनाको प्रभावकारी प्रवाहमा कार्यालयले भूमिका खेल्ने जानकारी गराइयो।
उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महा संघका केन्द्रिय महासचिव रामप्रसाद दाहाल , केन्द्रिय लेखा समिति सदस्य केसि लामिछाने , केन्द्रिय सदस्यहरु राजु बिश्वकर्मा , सिकेन्द्र पासवान , मधेस प्रदेश सचिब दिपक गौतम , सदस्य अजय साह , बारा , धनुषा , सप्तरीका अध्यक्ष लगायतका बिशिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
मधेस प्रदेश महासचिव शैलेन्द्र महतो ‘क्रान्ति ‘ ले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष अम्बिका दहालले स्वागत मन्तव्य राखेकी थिईन ।