अजित कुमार भुजेल , बिरगंज ।
युवा स्पोर्ट्स क्लब, गोस्वारा रोड बीरगंजको वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। क्लबको गौरवशाली इतिहासलाई पुनर्जीवित गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले खेलकुद र सामाजिक सेवामा सक्रिय हुने प्रतिबद्धता सभामा व्यक्त गरिएको छ।
बीरगंज महानगरपालिका वडा न. ९ का वडा अध्यक्ष श्री जवाहर प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उहाँले खेलकुद गतिविधिको निरन्तरता र युवा एकतामार्फत क्लबलाई पुरानो प्रतिष्ठामा फर्काउने कुरामा जोड दिनुभयो। क्लबका संस्थापक तथा पूर्व अध्यक्ष दिनानाथ रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबको लोगो निर्माण मार्फत पहिचान स्थापित गर्न योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरियो।।क्लबका सदस्य तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी मेघराज श्रेष्ठलाई प्रशंसा पत्र र दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष जगरनाथ साह कानु, प्रमोद परियार, राष्ट्रिय खेलाडी ऋतु शाक्य, तथा सल्लाहकारहरू कुमार बराल, श्रीहरि पौडेल, प्रदुम्न सेढाई, कमल अधिकारी, गजेन्द्रमान सिंह, बासुदेव रौनियार, विनोद अधिकारीसहित पूर्व तथा वर्तमान खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
• नयाँ कार्यसमिति चयन
सभाले २८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ। नयाँ कार्यसमितिका पदाधिकारीहरू यसप्रकार छन्:
• अध्यक्ष: रमेश श्रेष्ठ
• वरिष्ठ उपाध्यक्ष: रुपक पाण्डे
• प्रथम उपाध्यक्ष: सुरज मानन्धर
• द्वितीय उपाध्यक्ष: लखन चौधरी
• तृतीय उपाध्यक्ष: विकास रौनियार
• महासचिव: विनोद परियार
• सचिव: राजिव लाखे
• सह–सचिव: विजय श्रेष्ठ
• कोषाध्यक्ष: विजय विश्वकर्मा
• सह–कोषाध्यक्ष: राजेश जोशी
• सदस्यहरू: मनेरेश माली, संजय पौडेल, सुरज श्रेष्ठ मंटु, सुधीर सिंह राजपुत, रुपेन्द्र लालचन, श्याम गुप्ता, शुशिल श्रेष्ठ, अब्दुल हवारी, प्रदीप साह, नारायण पौडेल, बिकेश श्रेष्ठ, मुकेश कुमार गुप्ता, अरविन्द गुप्ता, मोहन कुमार महतो, समीर लामा, अरुण साह कानु, कृष कार्की, मणिराज यादव रहेका छन् ।
• नयाँ नेतृत्वको प्रतिबद्धता
नव-निर्वाचित कार्यसमितिले खेलकुद, युवा सशक्तिकरण, र सामाजिक सेवामा समर्पित भएर कार्य गर्ने प्रतिबद्धता जनाएको छ। क्लबले आगामी दिनमा फुटबल, भलिबल, दौड प्रतियोगिता, युवा नेतृत्व तालिम लगायत कार्यक्रमहरू सञ्चालन गर्ने योजना अघि सारेको बताइएको छ।