उपभोक्ताको अधिकारमा आँच पुर्याएको भन्दै उच्च अदालत पाटनमा डा. सन्जिव तिवारी विरुद्ध मानहानि मुद्दा

Date:

अजित कुमार भुजेल , बिरगंज । उपभोक्ताको अधिकार तथा मर्यादामा आँच पुर्‍याउने कार्य भएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत विशेषज्ञ चिकित्सक डा. सञ्जीव तिवारीविरुद्ध उच्च अदालत पाटनमा मानहानी मुद्दा दर्ता गराएको छ।

संस्थाले स्वास्थ्य सेवा क्षेत्रमा हुने अनियमितता, अतिरिक्त शुल्क असुली तथा भ्रामक कार्यप्रति गम्भीर चासो व्यक्त गर्दै सो मुद्दा दायर गरेको हो।

डा. तिवारी हाल नेपाल मेडिकल एसोसिएसन (NMA) प्रदर्शनी मार्गका महासचिव समेत रहेका छन्। उनी तथा केही अन्य चिकित्सकमाथि Endocrinology/Gastroenterology सेवाको नाममा बिरामीहरूसँग अनुचित अतिरिक्त शुल्क असुलेको, तथानाम प्रयोग गरी भ्रम सिर्जना गरेको, र संस्थागत आचरणविपरीत व्यवहार प्रदर्शन गरेको आरोप लागेको छ।

मुद्दा उच्च अदालत पाटनको संयुक्त इजलास माननीय न्यायाधीश श्री रमेश कुमार थपलिया र श्री हेमन्त रावल समक्ष दर्ता भएको हो। इजलासले न्याय प्रशासन ऐन २०७३ को दफा १७(२) अनुसार उक्त निवेदनमा प्रारम्भिक सुनुवाइ गरी विपक्षीलाई कारण देखाउ आदेश जारी गर्दै जवाफ पेस गर्न निर्देशन दिएको छ।

उपभोक्ता मञ्चले भनेको छ —
“हामी कुनै व्यक्तिगत वा संस्थागत अपमान गर्ने उद्देश्यले होइन, आम उपभोक्ताको स्वास्थ्यसम्बन्धी हक अधिकारको रक्षा र सेवा क्षेत्रको पारदर्शिता कायम गर्न मुद्दा अघि सारेका हौं।”

मञ्चका अनुसार यो कदम स्वास्थ्य सेवा प्रणालीमा सुधार, चिकित्सा क्षेत्रको जवाफदेहिता र जनसाधारणको विश्वास पुनःस्थापना गर्न लिएको नैतिक तथा कानुनी पहल हो।

पृष्ठभूमि: शिक्षण अस्पताल जस्तो प्रतिष्ठित संस्थामा कार्यरत चिकित्सकबाट यस प्रकारको आचरण हुनु आम नागरिकको हित विपरीत रहेको भन्दै मञ्चले विभिन्न कागजात र प्रमाणसहित अदालत समक्ष माग राखेको हो कि दोषी भेटिए कारबाही होस् र स्वास्थ्य सेवा क्षेत्र प्रतिकूल अभ्यासबाट मुक्त रहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...