अजित कुमार भुजेल , बिरगंज । बिरगंज पब्लिक कलेजले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा पर्सा र बारा जिल्लाका विभिन्न विद्यालयहरूलाई सम्मान गरेको छ । “२५ वर्षको शैक्षिक उत्कृष्टता र साझेदारीको यात्रा” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा कलेजसँग शैक्षिक सहकार्य र योगदान पुर्याउने संस्थाहरुलाई सम्मान प्रदान गरिएको हो ।
बिरगंज पब्लिक कलेजका प्रिन्सिपल हरि तुलाधरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक रञ्जित यादव रहनु भएको थियो भने स्वागत मन्तव्य कलेजका कार्यकारि निर्देशक युगलकिशोरले राख्नु भएको थियो ।
कार्यक्रममा बिरगंज पब्लिक कलेजका सस्थापक एवं मधेस बिश्वबिधालयका उपकुलपति प्रोफेसर डा. दिकक शाक्यले कलेज राम्रो हुन टिचर राम्रो हुनु अतिआवश्यक रहेको बताए । पढाउने टिचर राम्रो नभए स्कुल कलेजले प्रगति गर्ने नसक्ने भन्दै बिपिसि कलेज देश भरिमै टपटेनमा पर्न सफल र मधेस प्रदेश मै पहिलो कलेजको रुपमा आफ्नो छाप छोडन सफल यस कलेजमा अहिले २७०० विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिनुभयो । यहा सम्म साथ सहयोग गर्नु हुने बिरगंजका सम्पुर्ण स्कुल , टिचर , विद्यार्थी , सन्चारकर्मि मित्रहरुलाई धन्यवाद समेत दिनु भएको थियो ।
त्यसैगरि एनआई कलेजका संस्थापक ई. मनिष सिंह, एनप्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिँदै कलेजको निरन्तर प्रगति र उत्कृष्टतालाई बधाई ज्ञापन गरे ।
कार्यक्रममा एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष डा. नन्दन यादव , प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा , प्याब्सन मधेस प्रदेशका वरिष्ठ सल्लाहकार ईमामुदिन अहमद , प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी , एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ , अल्पाईन स्कुलका निर्देशक बिनोद उपाध्यााय , गौतम स्कुलका सोनम लामा , बिकन स्कुलका प्रिन्सिपल जयकुमार दनुवार , डिएभि स्कुलका राकेश मिश्र , मानवसेवा आश्रमका देवेश गुप्ता , ओमकुमार झा , सन्चारकर्मि बिजय कुशवाह , अजित भुजेल , अभिलाष गुप्ता , सन्तोष कुशवाह , श्याम सरार्फ लगायतको सहभागीता रहेको थियो।
कार्यक्रमका समापनतिर कलेजले आफ्नो २०५७ साल असारमा बिरगंजको कन्या माविबाट सुरु भएको यात्रा स्मरण गर्दै २५ वर्षको शैक्षिक योगदानलाई भावनात्मक रूपमा प्रस्तुत गर्यो । यस अवधिमा कलेजलाई साथ दिने विभिन्न विद्यालय, प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक र सञ्चारकर्मीहरूलाई विशेष धन्यवाद दिइएको थियो ।
कार्यक्रम सञ्चालन कलेजका कोअर्डिनेटर डा. बासु कर्णेले गर्नुभएको थियो । सो अवसरमा कलेजले स्थापना कालदेखि हालसम्म गरेका शैक्षिक र सह-पाठ्यक्रमगत गतिविधिहरूलाई प्रोजेक्टर मार्फत भिजुअल प्रस्तुतीकरण गरी सबैलाई अवगत गराइएको थियो ।