चोरिको मोटरसाइकल सहित बिद्यानन्द महतो पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकल सहित एक जना व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ। शनिवार राति करिब २ बजेको समयमा बिरगंज महानगरपालिका वडा न.३१ को कोनिया टोलबाट बिनय पटेलको घर अगाडिबाट हराएको प्रदेश २–०३–०५ प ७५४९ नम्बरको नावी कालो रंगको सुपर स्प्लेन मोटरसाइकल प्रहरीले बरामद गरेको हो।

प्रहरीले प्राप्त विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आईतवार बिहान ११ बजे उक्त मोटरसाइकल सहित बिरगंज महानगरपालिका वडा न.३१ का १९ वर्षीय विद्यानन्द महतो पक्राउ परेको जनाएको छ।

हाल पक्राउ परेका महतोलाई जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...