पोषण पूरक औंषधिमा पाँच गुणा बढी मुल्य कायम गरि कालोबजारी गर्ने जितेन्द्र प्रसाद कुर्मि पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पोषण पूरक औषधीहरूमा वास्तविक मूल्यभन्दा पाँच गुणा बढी दर कायम गरी कालोबजारी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

बिरगंज महानगरपालिका वडा नं. २४ स्थित विश्वनाथ राउतको घरमा भारतबाट सस्तो मूल्यमा खरिद गरी नेपाल भित्र्याइएका विभिन्न फुड सप्लिमेन्ट औषधीहरू मा आफूखुशी MRP प्रिन्ट गरी बढी मूल्यमा बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा आइतबार  साँझ ४:४५ बजे प्रहरीले छापा मारेर ठूलो परिमाणमा औषधी सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बिरगंज महानगरपालिका वडा नं. २६,  पर्सामा बस्ने बर्ष ४२ को जितेन्द्र प्रसाद कुर्मी रहेको छन् ।

पक्राउ सँगै बरामद सामग्रीहरू ACON2K लेखिएको ३ कार्टुन (प्रत्येकमा ६० पिस) र खुल्ला १ कार्टुनमा ३८ पिस , CANWEL POWDER लेखिएका २९ कार्टुन (प्रत्येकमा ५० पिस), खुल्ला १ कार्टुनमा ४९ पिस र अर्को १ कार्टुनमा २५ पिस , ORTHOHEAL लेखिएको १ कार्टुन (३१२ पिस) र खुल्ला १ कार्टुनमा २३२ पिस

NITVIT PLUS लेखिएको ४ कार्टुन (प्रत्येकमा ३१२ पिस) र खुल्ला १ कार्टुनमा ३१० पिस ,NITVIT PLUS लेखिएको १ कार्टुनमा १३ पिस, SIMROSE लेखिएको ८ कार्टुन (प्रत्येकमा ३८ बक्स) र खुल्ला १ कार्टुन , IMMATEKEAL SUPENSION लेखिएको ७ कार्टुन (प्रत्येकमा ११० पिस) र खुल्ला १ कार्टुनमा ६० पिस , ACTIFERON लेखिएको १ कार्टुन (२०० पिस) र खुल्ला १ कार्टुनमा २२ पिस , PREGAFOL लेखिएका २ खुल्ला कार्टुनमा ११५ बक्स औषधी , ARTHRAID लेखिएको १ कार्टुन (२०० पिस) र खुल्ला १ कार्टुनमा १६८ पिस , VITO-C लेखिएको खुल्ला १ कार्टुनमा १५३ पिस , LIVUS लेखिएको खुल्ला १ कार्टुनमा ९३ पिस , EVELTN लेखिएको खुल्ला १४ बक्स र १ सिलपैक कार्टुनमा ४८ बक्स , IMMUHEAL लेखिएको १ कार्टुनमा १५४ बक्स , MRP प्रिन्ट गर्ने मेसिन १ थान , NEPAL NEUTRACEUTICALS COMPANY PVT. LTD. लेखिएको ठेली १ थान , प्रज्ञापन तथा बिल पाना २८ थान ,ORDER BOOK लेखिएको ठेली ८ थान,  SUBHAM MEDISUPPLIERS लेखिएको ठेली १ थान बरामद  गरिएको थियो । बरामद औषधी तथा सामग्रीहरूको अनुमानित बजार मूल्य रू. २५,००,००० /- पच्चिस लाख रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...