भोजपुरी चलचित्र ” नारि शक्ति ” २६ सेप्टेम्बरमा प्रदर्शन हुने

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा आयोजित पत्रकार सम्मेलन मार्फत भोजपुरी चलचित्र ‘नारी शक्ति’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। चलचित्र लेखक तथा निर्माता सरोज पण्डितले चलचित्र २६ सेप्टेम्बरमा प्रदर्शनमा आउने जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार नन्दु श्रीवास्तवले ‘नारी शक्ति’ चलचित्रले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे। उनले स्थानीय कलाकारहरूको प्रतिभालाई अगाडि ल्याउने यस्ता प्रयासहरू प्रशंसनीय रहेको भन्दै दर्शकलाई नेपाली भूमिमा बन्ने भोजपुरी चलचित्रलाई साथ दिन आग्रह गरे।

चलचित्र पत्रकार संघ नेपाल पर्साका अध्यक्ष सूर्यनारायण वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा सहनिर्माता रंजित साहले चलचित्रमा कुनै पनि अश्लील सामग्री नरहेको उल्लेख गर्दै यसलाई परिवारका सबै सदस्यले सँगै बसेर हेर्न सकिने बताए।

मुख्य कलाकार सावन कुमारले पनि ‘नारी शक्ति’ विशुद्ध पारिवारिक चलचित्र भएको बताउँदै सबैलाई साथ दिन अपिल गरे।

चलचित्रका निर्माता दुर्गेश चन्द्र यादव र सरोज पण्डित हुन्। रंजित साह, मैथिली देवी र सुमन भगतले सहनिर्माताको भूमिका निर्वाह गरेका छन्। कार्यकारी निर्माता शमीम अनवर, लाइन प्रोड्युसर मुन्ना सर्राफ र निर्देशक अनुपम साह रहेका छन्। संगीत निर्देशन मनोज बंटीको रहेको छ।

चलचित्रमा सावन कुमार, तनुश्री, सन्नी भगत, सञ्जना, ध्रुव कोइराला, मुन्ना सर्राफ, रामबाबु साह, सन्तु राज लगायतका कलाकारको अभिनय रहेको छ। ‘नारी शक्ति’ भोजपुरी फिल्म नेपाल र भारत बाहेक पहिलोपटक अष्ट्रेलियामा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ।

चलचित्र पत्रकार संघ नेपाल पर्साका अध्यक्ष सूर्यनारायण वि.क.ले स्थानीय कला र कलाकारको संरक्षण तथा प्रोत्साहनका लागि संघ सधैं सहयोग गर्न तयार रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...