वडा न.३ का वडाअध्यक्ष बैजु स्वर्णकारद्वारा रक्तसंचार केन्द्रलाई AC सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज । रक्तसञ्चार केन्द्र बिरगंजलाई बिरगंज महानगर पालिका वडा न. ३ का वडाअध्यक्ष बैजु स्वर्णकारले एक थान AC सहयोग हस्तान्तरण गरेका छन ।

नेपाल रेडक्रस सोसाइटी पर्सा द्वारा संचालित रक्तसञ्चार केन्द्र बिरगंजको सभाहलमा आयोजित हस्तान्तरण कार्यक्रममा वडाअध्यक्ष स्वर्णकारले १.५ टनको सो AC र स्टेबलाईजर सहयोग नेपाल रेडक्रस पर्साका अध्यक्ष बृजकिशोर पटेललाई हस्तान्तरण गरेका हुन ।

विश्व रक्तदाता दिवसको अवसरमा गत शनिबार प्रतिबद्धता गरे अनुसार रक्तसंचार केन्द्र बिरगंजमा रक्तदान गर्न आउने रक्तदाताहरुलाई चिसो वातावरण व्यवस्थापनको लागी बिरगंज महानगरपालिका वडा न. ३ का वडाअध्यक्ष स्वर्णकारले आज हस्तान्तरण गरेका हुन ।

सो अवसरमा वडासमिती वडा न. ३ का सदस्यहरु खैरुदिन हवारी ,बरकतुन नेशा,संगीता दास ,नेपाल रेडक्रस पर्साका मन्त्री बिनोद गिरि ,कोषाध्यक्ष दयाशंकर सिंह ,सदस्यहरु मुना कुमारी खनाल,दिनानाथ रौनियार,बाबुनन्द चौरसिया एवं रक्तसञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डेय, राजन श्रीवास्तव लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा वडाअध्यक्ष स्वर्णकारले रक्तदान गरि कसैको जीवन बचाउने रक्तदाताहरु नै हाम्रा समाज देश का असल हिरोहरु हुन , गहनाहरु हुन त्यसैले उहाहरुको सेवा सम्मान हामी सबैले सधै नै गरिरहनु पर्दछ र उहाहरुको नेक एवं महत्वपूर्ण सुकार्यलाइ मैले र वडासमिती परिवारले गर्मिबाट राहत दिन सानो सहयोग गरेका हौ र यो गर्दा आफुलाइ असाध्यै खुशी लागिरहेको बताउदै आगामी दिनहरुमा पनि रेडक्रस ,रक्तदाता संग आफ्नो साथ रहने बताउनु भयो ।

सो अवसरमा रेडक्रस पर्साका सभापति पटेलले जीवन जोगाउने हाम्रा रक्तदाता प्रती देखाउनु भएको स्नेह सम्मानको लागि वडाअध्यक्ष स्वर्णकार एवं वडासमिती परिवार प्रती आभार ब्यक्त गर्दै यस्तै मनकारी दाताहरुको सहयोगले रेडक्रसको रगत बिना कसैको ज्यान नजाओस को मुलमर्म मानवता बलियो भै रहोस अभियानलाइ बल पुगेको र सहयोगले  हामिलाइ सेवा सहयोग गर्न थप हौसला प्रदान भएको बताउदै सम्पुर्णलाई रक्तदाताहरुको सम्मान गरि रक्तदान गर्न गराउन हातेमालो गर्न आग्रह गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...