अजित कुमार भुजेल , बिरगंज । लायन्स क्लब अफ संस्कृती गोल्ड बिरगंजले बिरगंज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । लायन्स क्लब अफ संस्कृति गोल्डका अध्यक्ष रितिका जैसवालको नेतृत्वमा १० झोला कपडा बिरगंज कपडा बैंकको कार्यालय पुगेर बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा संस्कृति गोल्डका सदस्य नितु गुप्ता, बिरगंज कपडा बैंकका सचिव कन्हैया पटेल,सदस्यद्वय निला राम नवराज भट्टराई एवं कर्मचारी शोभा देवि लगायतको सहभागीता रहेको थियो ।
सो अवसरमा लायन्स जैसवालले बिरगंज कपडा बैंकले विगत केही वर्ष देखि दिन दुखी असहाय ,आगलागी, बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव प्रती हामी सबै खुशी छौ र अहिले चाडवाडको समयमा बिपन्न असहायहरुले नया कपडा किन्न नसक्ने हरुलाइ नया जस्तै कपडा उपलब्ध गराउन हामिले बिरगंज कपडा बैंकको सुकार्यमा हातेमालो गर्न केही कपडाहरु लिएर आएका छौ साथै आगामी दिनमा हाम्रो साथ सहयोग रहनेछ भनी प्रतिबद्धता व्यक्त गर्दै हौसला बढाएका थिए ।
सो अवसरमा बैंकका सल्लाहकार उपाध्यायले तपाई संग धेरै छ भने हामिलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लिएर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि कोइ नाङ्गो नरहोस ,सबैले नया नभए पनि सुकिलो कपडा लगाउन पाओस भनी बिरगंज वडा न. ८ बाट दैनिक रुपमा र बाढी , आगलागी लगायत आपत बिपतको समयमा गाउँ गाउमा पिडितहरुको घर दैलोमा पुगेर कपडालत्ताको साथमा सक्दो खाद्यान्न लगायतका सहयोगहरु उपलब्ध गराइ सेवा गरिरहेको जानकारी दिदै लायन्स क्लब संस्कृती गोल्डले विभिन्न समयमा विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै आएकोमा आफुलाइ निकै खुशी लागेको बताउदै नियमित रुपमा कपडा सहयोग गरेकोमा बैंकका तर्फबाट हार्दिक आभार धन्यवाद दिएका छन ।
साथै सिंहले गत आइतबार धोबिनी गाउपालिका ५ मा असेशर दासको घरमा चट्याङ लागेर आगलागी हुदा पुरै घर,लत्ताकपडा ,गरगहना ,नगद जलेर नष्ट भएकोले पिडित दासले वीरगन्ज कपडा बैंकलाई लत्ताकपडा, खाद्यान्नको साथै घर बनाउन सहयोग गरिदिन आग्रह आएको हुनाले सर्ट पाइन्ट,टिसर्ट ,हाफ पाईन्ट,कुर्ता सुरुवाल , कम्बल, शाल, जस्ता कपडाहरुको साथै खाद्यान्न एवं नगद सहयोग गर्न सम्पुर्ण मानवताप्रेमी सहयोगी हातहरुलाई आग्रह समेत गरेका छन ।