ट्राफिक जनचेतनामूलक सप्ताह समापन कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । सडक अनुशासन पालना तथा सवारी दुर्घटना न्यूनिकरणका लागी ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२- ट्राफिक सप्ताह समापन कार्यक्रम आज समापन भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा एक सातासम्म सञ्चालित “सडक अनुशासन पालना तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।कार्यक्रमको समापन विशेष समारोहका साथ सम्पन्न भएको छ।

उक्त कार्यक्रममा विभिन्न विशिष्ट अतिथि, जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समापन कार्यक्रममा बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सम्पन्न  कार्यक्रममा विशिस्ट अतिथिको रुपमा  बिरगंज महानगर पालिकाका उपप्रमुख  ईम्तियाज आलम, श्री जंगका बिरगंजका  प्रमुख निराजन कटुवाल , निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्की, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, उद्योग वाणिज्य संघ वीरगञ्ज अध्यक्ष हरी गौतम, प्याब्सन पर्सा अध्यक्ष सरोज चौधरी, शस्त्र प्रहरी बल १३ नं गणका प्रमुख एसपी राधेश्याम धिमाल, ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, महानगर प्रशासकीय अधिकृत अर्बिन्दलाल कर्ण, वडा अध्यक्ष जवाहर गुप्ता, डीएसपी किशोर लम्साल, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने र वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

मन्तव्यको क्रममा बिरगंज महानगर पालिकाका प्रमुख कार्यक्रमका प्रमुख अतिथि  राजेशमान सिंहले सडकमा भइरहेको दिनहु दुर्घटनालाई न्यूनीकरण गर्नको लागि ट्राफिक सप्ताह कार्यक्रमले मानिसहरुलाई जनचेतना गराउन गरेको कार्य सहरानिय कार्य हो यस्ता कार्यक्रम गर्नको लागि हामी हतोमालो गरेर अगाडि बढने प्रतिबद्धता गर्नु भयो। त्यसैगरि आफ्नो मन्तव्यको क्रम मा उपप्रमुख आलमले भने सप्ताहको समापनमा अतिथिहरुले ट्राफिक प्रहरीले सडक सुरक्षा तथा जनचेतनाको क्षेत्रमा देखाएको सक्रिय प्रयासको प्रशंसा गर्दै, यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

सुरक्षित यात्राका लागि जनचेतना अनिवार्य भन्ने सन्देश सहित सम्पन्न भएको ट्राफिक सप्ताहले सडकमा अनुशासन र सुरक्षा प्रवर्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छु भन्नुभयो।

कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्र.नि. लोकराज भट्टले दिनुभएको थियो। कार्यक्रमको सञ्चालन वरिष्ठ सई गुणनिधि खकुरेलले गर्नुभएको थियो।

ट्राफिक सप्ताहभरि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका थिए, जसमा ट्राफिक नियम सम्बन्धी सचेतना र्‍याली, विद्यालयस्तरीय अन्तरक्रिया कार्यक्रम, पर्चा तथा पोस्टर वितरण, मोटरसाइकल चालकलाई हेल्मेट वितरण, सवारी साधन चेकजाँच जस्ता कार्यक्रमहरू प्रमुख रहेका थिए।

कार्यक्रममा वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सञ्चारकर्मीहरूको उपस्थिति र समाचार संप्रेषणले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...