आमाको छात्राबासमा रहेका बालबालिकासङ्ग कबिर जयन्ती मनाईयो

Date:

अजित कुमार भुजेल , बिरगंज । कविता, सेवा र संस्कृतिको संगमस्वरूप भोजपुरी प्रतिष्ठान, बिरगंजले यस वर्षको कबीर जयन्ती तथा विश्व भोजपुरी दिवस विशेष ढंगले मनाएको छ।

प्रतिष्ठानले बिरगंज वडा न.११ स्थित ‘आमाको माया छात्रावास’ मा रहेका बालबालिकासँग उत्सव मनाउँदै साहित्य र संवेदनाको गहिरो सन्देश दिएको छ।

सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै आयोजित कार्यक्रममा शैक्षिक सामग्री वितरण, कविता वाचन, तथा खाजाको व्यवस्था गरिनुका साथै बालबालिकासँग आत्मीय संवाद पनि गरिएको थियो। कार्यक्रममा सहभागी कविहरूले सन्त कबीरदासका प्रेरणादायी दोहाहरू प्रस्तुत गर्दै उहाँको सत्यनिष्ठा, निडरताको दर्शन र समाजप्रेमी व्यक्तित्वबारे प्रेरणादायी चर्चा गरे।

कविता वाचनपछि छात्रावासका बालबालिकाले पहिलो पटक भोजपुरी भाषामा राष्ट्रभक्ति गीत प्रस्तुत गर्दै सम्पूर्ण उपस्थितलाई भावविभोर बनाएका थिए। बालमनबाट अभिव्यक्त भएको भाषिक गौरव र राष्ट्रप्रेमले कार्यक्रममा गहिरो प्रभाव छाडेको थियो।

अध्यक्ष अनिता साहले समापन मन्तव्यमा बालबालिकाको सांगीतिक प्रतिभाको प्रशंसा गर्दै गायनमा रुचि भएका बालबालिकालाई प्रशिक्षण दिन प्रतिष्ठान तत्पर रहेको बताइन्। उनले यस्ता कार्यक्रम मार्फत बालबालिकामा आत्मविश्वास, संस्कार र सृजनशीलता विकास हुने विश्वास व्यक्त गरिन्।

कार्यक्रम भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न भयो। सल्लाहकार प्रमोद पाण्डे र दिनेश गुप्ता, साथै नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी थिए।

कार्यक्रममा कवयित्री अस्मिता पटेल, समाजसेवी शिवम केडिया, प्रतिष्ठानका सचिव अमित अग्रवाल, सदस्यहरू अजय चौरसिया, अमोद गुप्ता, छोटु राज लगायत स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको संयोजन तथा सञ्चालन श्याम सर्राफले गर्नु भएको थियो।

यो कार्यक्रमले कबीरदासको मूल्यबोधलाई बालमनोविज्ञानसँग जोड्दै समाजमा कला, संवेदना र उत्तरदायित्वको सेतु निर्माण गरेको अनुभूति गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...