अजित कुमार भुजेल , बिरगंज । अंजुमन ईस्लामिया मुर्लिले प्रत्येक वर्ष झै ईद उल अजहा बकरिद पर्वको अवसरमा मंगलबार बिरगंजको मुर्लीमा रहेको जामा मस्जिद प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गर्नु भएको छ । रक्तदान गर्ने हरुमा असरफ अलि अन्सारी ,जावेद अन्सारी ,रियाज अन्सारी ,अकबर अन्सारी लगायत रक्तदाताहरुले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएका हुन ।
अंजुमन ईस्लामिया मुर्लिका अध्यक्ष समाजसेवी हाजी सत्तार अन्सारीको अध्यक्षतामा भएको सो रक्तदान कार्यक्रममा अतिथिहरु सलाउदिन अन्सारी ,कबिर अन्सारी ,मुरतुजा अन्सारी ,हासिम मन्सुरी लगायत स्थानिय अग्रज युवाहरुको सहभागिता रहेको थियो।
सो अवसरमा अध्यक्ष हाजी सत्तार अन्सारीले रक्तदान नै एउटा यस्तो कार्य हो जसमा कुनै जात धर्म धनी गरिब उच निच केही पनि नहेरी मानवता हेर्ने भएकोले र यसले जीवन बचाउने भएकोले जिवनदान भन्ने गरिन्छ, हामी सबैले नियमित रुपमा रक्तदान गरि मानवता बलियो बनाउन आग्रह गर्दै सम्पूर्ण रक्तदाताहरु प्रती आभार जताउदै शुभकामना दिएका थिए ।
सो अवसरमा कोषाध्यक्ष युवा समाजसेवी असलम अन्सारीले रक्तदान नै जिवनदान भएकोले र अहिलेको बढदो गर्मिको समयमा बिरगंज आसपासको क्षेत्रमा रगतको अभाव भैरहेकोले रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी गराउदै सम्पुर्णलाई आआफ्नो क्षेत्रमा रक्तदान गरि मानवता बलियो बनाउन आग्रह गर्दै सम्पुर्ण रक्तदाता ,सहयोगी हातहरु प्रती आभार जताउनु भयो ।
रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पाण्डेयको नेतृत्वमा रहेको प्राविधिक स्वयंसेवक टोलिले रक्तदान कार्यक्रममा रक्तदाताहरुलाइ सघाएका थिए ।