बिरगंज महानगरको ऎतिहासिक हृयाट्रिक :- राष्ट्रपति रनिङ्ग शिल्ड स्थायि स्वामित्वमा

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ । नारायणी रंगशालामा सम्पन्न जिल्ला स्तरीय प्रतियोगितामा महानगरपालिकाले ३१ वटा स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको हो ।

प्रतियोगितामा पर्सागढी नगरपालिकाले १८ स्वर्ण पदकसहित दोस्रो स्थान प्राप्त ग¥यो भने सखुवा प्रसौनी गाउँपालिकाले ४ स्वर्ण पदकसहित तेस्रो स्थानमा रह्यो । नियम अनुसार, लगातार तीन वर्षसम्म प्रथम हुने टोलीले शिल्ड स्थायी रूपमा राख्न पाउने व्यवस्था छ ।

लगातार तेस्रो पटक सम्म जित हात पारेर भित्र्याएको शिल्ड आइतबार एक कार्यक्रमकाबीच महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरिएको छ । शिल्ड ग्रहण गर्नुहुँदै महानगर प्रमुख राजेशमान सिंहले खेलाडीहरूको मेहनत र समर्पणको प्रशंसा गर्दै भविष्यमा खेलकुद क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वडा नं. ५ का अध्यक्ष प्रदिप चौरसिया, प्रशासन प्रमुख सुनिल कर्ण, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, प्रेस सल्लाहकार नवराज फुयाँल, खेल प्रशिक्षक विश्वेश्वर पटेल लगायतको उपस्थिति थियो ।

यो उपलब्धिले वीरगंज महानगरपालिकाले खेलकुद क्षेत्रमा गरिरहेको लगानी र त्यसको प्रतिफल देखाएको छ । महानगरले खेलाडीहरूको प्रोत्साहन र विकासमा निरन्तर ध्यान दिँदै आएको छ, जसले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सफलता प्राप्त गर्न मद्दत पुर्याउने अपेक्षा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...