बाराको विश्रामपुर गाउँपालिका वडा न.५ मा ५० लाखको लागतमा निर्माण हुने बिवाह भवनको शिलान्यास

Date:

अजित कुमार भुजेल , बिरगंज । बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५, ईटियाहीमा विवाह भवनको शिलान्यास गरिएको छ।

मधेस प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको कोषबाट करिब ५० लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त भवनको शिलान्यास वडा अध्यक्ष अमिरिलाल गुप्ताको विशेष पहलमा सम्पन्न भएको हो।

शिलान्यास समारोहमा गाउँपालिका अध्यक्ष जुल्फकार अली भुट्टो (जुबेर भाई) प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा स्थानीय नेता धर्मदेव यादव, मनिर देवान, समाजसेवी कृष्णा साह, गोपिचन्द गुप्ता तथा अन्य स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

वडा अध्यक्ष गुप्ताले केही वर्षदेखि अतिक्रमणमा रहेको जग्गा खाली गराई भवन निर्माणको बाटो खोलिएको जानकारी दिनुभयो। उहाँले सो भवनले स्थानीयवासीलाई विवाहलगायत विविध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूको लागि उपयुक्त स्थल उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिका अध्यक्ष भुट्टोले विवाह भवनको निर्माणलाई सामाजिक र सांस्कृतिक समृद्धि तर्फको महत्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै, यस कार्यमा सबै पक्षको सहयोग र सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

वडा अध्यक्ष गुप्ताका अनुसार निर्माण कार्य छिट्टै सुरु गरिनेछ र समयमै सम्पन्न गरिने लक्ष्य रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...