अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिका वडा नं.१५ लक्षमनवा टोलमा मस्जिद फारुखे आजमको छ्त ढलान भएको छ।
बिरगंज महानगर पालिकाका उपप्रमुख इम्तियाज आलमले ढलाईको मसला राखी कार्यक्रम सुभारम्भ गर्नु भएको थियो। उक्त मस्जिदको ढलाई भएको देखेर स्थानीय बासिहरु सारै हर्सित भएका थिए । मस्जिदको निर्माण देखेर लक्षमनवाका स्थानीयबासिहरुले उप प्रमुख इम्तियाज आलमलाई धन्यवाद दिएका थिए।
उपप्रमुखको यो कार्य सराहनीय रहेको स्थानीय बासिहरुको भनाइ रहेको थियो। आउने दिनहरुमा लक्षमनवाको लागि केही ठूलो सौगात दिनुहुने छ भनी स्थानीय बासिहरुले बिश्वास लिएका छन। लक्षमनवाबासिहरु संग काधमा काध मिलाएर अगाडि बढन तयार छु। जुन समये मा मेरो आवस्यकता परेको खन्डमा बे झिझक मलाई सम्पर्क गर्न सक्नु हुने छ। तपाईंहरुको समस्या समाधान गर्न प्रयास गर्ने छु भनी उपप्रमुख इम्तियाज आलमले प्रतिबद्धता व्यक्त गरेका थियो ।