अजित कुमार भुजेल , बिरगंज । सुशील कुमार खेतान (टिपु) को स्मृतिमा आयोजित मारवाडी प्रिमियर लीग २०२५ अन्तर्गत मंगलवारका दिन भएको दुई सेमिफाइनल खेलमा टाईटन्स -११ र बिरगंज बाशर्स बिजयी भैइ फाइनलमा पुगेको छ ।फाइनल भोलि बुधबार ५:३० बजेदेखि सुरु हुने आयोजक कमिटीले जानकारी दिएका थिए ।
मारवाडी युवा मञ्च, बिरगंजको सह-आयोजनामा तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको आयोजनामा सञ्चालित यो प्रतियोगिता बिरगंजको आदर्शनगर रंगशालामा हुँदै आईरहेको छ ।
मंगलवार पहिलो सेमिफाइनल खेल टाइटन्स -११ र जग शक्ति फोर्स बीच प्रतिस्पर्धा भएको थियो ।प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको जग शक्ति फोर्सले कमजोर प्रदर्शन गर्दै मात्र ७० रनमा सम्पूर्ण विकेट गुमाएको थियो भने जवाफी पारीमा टाइटन्स-११ ले उत्कृष्ट प्रदर्शन गर्दै ९ विकेटले खेल जित्न सफल भयो। टाइटन्स- ११ ले ७१ रन मात्र १ विकेटको क्षतिमा हासिल गर्दै सहज जित हासिल गरेर फाइनलमा प्रवेश गरेका थिए ।
त्यसैगरि दोस्रो सेमिफाइनल खेल वीरगञ्ज बाशर्स र ट्रिगर आउट बुल्स बीच भएको थियो । सो खेलमा पहिलो ब्याटिङ गर्दै वीरगञ्ज बाशर्सले १०० रन बनाउन सफल भएको थियो भने जवाफी ब्याटिङमा ट्रिगर आउट बुल्सले ५ विकेटको क्षतिमा ८९ रन मात्र बनाउन सक्यो। ११ रनले पराजित भए। वीरगञ्ज बाशर्स फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बन्यो।
खेलको अन्त्यमा आयोजित पुरस्कार वितरण समारोहमा नेपाल ईनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईं, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख लोकराज भट्ट तथा वीरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत अर्बिन्द लाल कर्णको उपस्थितिमा “म्यान अफ द म्याच” र उत्कृष्ट खेलाडीहरुलाई ट्रफी र पुरस्कार प्रदान गरिएको थियो ।