अजित कुमार भुजेल , बिरगंज । बिरगंज पब्लिक कलेजको आयोजनामा “नेपालमा उद्यमशीलता र स्टार्टअप ईकोसिस्टम विकास” विषयक एक दिने सेमिनार सम्पन्न भएको छ।
सेमिनारमा स्थानीय उद्यमी, विद्यार्थी, प्राध्यापक, सन्चारकर्मी तथा विभिन्न क्षेत्रमा संलग्न विज्ञहरूको सहभागिता रहेको थियो।
सेमिनारको प्रमुख उद्देश्य युवाहरूलाई उद्यमशीलताको महत्वबारे जागरूक गराउनु, स्टार्टअप संस्कृति विकासमा सहयोग पुर्याउनु, र नेपालमा उद्यमशीलताको सम्भावना र चुनौतीहरूबारे छलफल गर्नु रहेको थियो।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी थिए। fncci मधेस प्रदेश अध्यक्ष अशोक टेमानी , Bicci पर्सा अध्यक्ष हरि गौतम , कृषि बैज्ञानिक बिशेस्वर यादब , fnj पर्सा अध्यक्ष ओमप्रकाश खनालले बिरगंजमा पहिलोपटक बिरगंज पब्लिक कलेजले यस्ता कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिएका थिए ।
सेमिनारको उद्घाटन मधेस बिश्वबिधालयका उपकुलपति प्रोफेसर डा. दिपक शाक्यले गरेका थिए। उनले नेपालमा बढ्दो बेरोजगारीको समस्यालाई सम्बोधन गर्न उद्यमशीलताको महत्वबारे जोड दिएका थिए।
कार्यक्रममा विशेष वक्ताको रूपमा उद्यम विकास प्रशिक्षक तथा स्टार्टअप विशेषज्ञले “नेपालको स्टार्टअप इकोसिस्टम: सम्भावना र चुनौती” विषयमा आफ्नो धारणा राखेका थिए । स्टार्टअप सुरु गर्न आवश्यक चरणहरू , उद्यमशीलताको लागि सञ्जाल निर्माणको आवश्यकत , सरकारी नीति र सहुलियतहरूको महत्व , स्थानीय स्रोत साधनको उपयोग , उद्यमशीलतामा नवप्रवर्तन र प्रविधिको प्रयोग बारे जानकारी गराएका थिए ।
- सेमिनारमा कलेजका विद्यार्थीहरूले आफ्ना उद्यमशील विचार तथा नयाँ स्टार्टअप आइडियाहरू प्रस्तुत गरे। सहभागीहरूले आफ्ना परियोजनाहरूको बारेमा छोटकरीमा प्रजेन्टेसन प्रस्तुत गर्दै, सुझावहरू पनि प्राप्त गरे।