साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरुलाई बिरगंजका उपमेयर आलमले गरे बिदाई

Date:

अजित कुमार भुजेल , बिरगंज ।  साउदी अरबको मक्का-मदिनामा हज गर्न प्रस्थान गर्ने १४० जना नेपाली मुस्लिम हज यात्रीहरूलाई वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका छन्।

यो वर्ष नेपालबाट कुल १,१७१ जना हज यात्रीहरू मक्का-मदिना प्रस्थान गर्दैछन्। पर्सा जिल्लाबाट ७२ जना हजको लागि जादै छन् भने त्यसमध्य बिरगंज वडा न.२ छ्पकैयाबाट मात्र १९ जना हजको लागि मक्का मदिरा गैइरहेको छ ।  बिदाइ समारोहमा उपमेयर आलमले हज यात्रीहरूलाई फूलमाला र खादा लगाएर सम्मान गर्दै उनीहरूको पवित्र हज यात्रा सफल, सुरक्षित र फलदायी होस् भनी शुभकामना व्यक्त गरे। उनले भने, “हज इस्लामको पाँच आधारस्तम्भमध्ये एक महत्वपूर्ण फर्ज हो। हज यात्रीहरूको यो तीर्थयात्रा धार्मिक आस्था र मानवताको प्रेरणादायी सन्देश लिएर फर्कियोस् भन्ने कामना गर्दछु। अल्लाह रब्बुल इज्जतले समस्त हज यात्रीहरूको हज कबूल गरून्।”

उपमेयर आलमले मक्का-मदिनामा विशेष नमाज र प्रार्थना गर्न हज यात्रीहरूलाई आग्रह गर्दै नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूको यो पवित्र यात्रालाई सम्मान गर्न आफू विमानस्थलमै पुगेको बताए। बिदाइका क्रममा हज यात्रीहरूले खादा र मालाले सम्मान गरिएकोमा भावुक हुँदै उपमेयर आलमप्रति धन्यवाद व्यक्त गरे।

नेपालभर छरिएर रहेका मुस्लिम समुदायका व्यक्तिहरूलाई जिल्ला हज समितिहरू मार्फत सिफारिस गरिएपछि केन्द्रीय हज समितिले कोटा अनुसार यात्राको व्यवस्था मिलाउने गरेको छ। इस्लामको पाँचौँ आधारस्तम्भ मानिने हज हरेक सक्षम मुस्लिमका लागि जीवनमा एकपटक अनिवार्य धार्मिक कर्तव्य हो। विश्वभरका करोडौँ मुस्लिमहरू मक्का-मदिनामा हज गर्न जाने गर्छन्, जसलाई मुस्लिम समुदायमा जीवनको ठूलो उपलब्धिको रूपमा लिइन्छ।

बिदाइ समारोहमा वीरगन्ज महानगरपालिका वडा नं. २ का वडाध्यक्ष रियाज मिया, नेपाली कांग्रेस वडा नं. २ का बुथ सभापति फिरोज आलम लगायतको सहभागिता रहेको उपमेयरका प्रेस सल्लाहकार मोहम्मद सदाबले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...