गिरि परिवारजनले आफ्नो छोराको जन्मदिन घन्टाघरमा खिरपुरि ,तरकारी र जिलेबि खुवाएर मनाए

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिका वडा न. ११ श्रीपुर निवासी राजकुमार गिरिका परिवारजनले खिर पुरी खुवाएर जन्मदिन मनाएका छन। बिरगंजको मुटु घण्टाघर अगाडिको तिवारी बाबाको शालिक छेउमा दिन दुखी असहाय एवं बटुवाहरु गरि ७५ जनालाइ खिर पुरी ,आलु परवलको तरकारी ,जिलेबी खुवाएर भाइको जन्मदिन मनाएको दाजु कलाकार राजा गिरिले बताए ।

सो अवसरमा गिरिका बुवा प्रमोद गिरिले हाम्रो समाजमा जन्मदिनको अवसरमा विभिन्न पार्टी प्यालेस होटेलहरुमा गएर तडक भडकका साथ मनाउने फैशन बढिरहेको प्रति चिन्ता जताउदै हाम्रो संस्कार अनुसार जन्मदिनको अवसरमा जति सक्दो दिन दुखी असहायहरुको सेवा सहयोग गरि मानवता बलियो बनाई मनाउनु पर्दछ । त्यही अनुसार नै आज छोरा राजकुमारको हामी सबै परिवारले घरबाट नै बनाएर खिर पुडि ,तरकारी ,जिलेबी यहाँ घण्टाघरमा ल्याएर गरिब असहाय , बाहिरबाट आउने जाने बटुवा , पर्यटकहरुलाइ खाना समर्पित गरि सेवा गरि छोराको सुस्वास्थ्य ,दिर्घायु समृद्धिको लागि यो सेवा गरेका हौ र खाना खानेहरुको साथै आज घण्टाघरमै शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान द्वारा पानी पिलाउने कार्यक्रममा सहभागी समाजसेवीहरुले हाम्रो सानो कार्यको खुलेर प्रसंशा गरि छोराको उत्तरोत्तर प्रगती सुस्वस्थ्यताको कामना गर्दा हामी सम्पुर्ण परिवार निकै हर्षित एवं गर्वित भएका छौ र आगामी दिनमा पनि अझ बढी समाजिक सेवा कार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

सो अवसरमा सेवा प्रदान गरेका परिवारजनमा बुवा प्रमोद गिरि, आमा ईन्दु देवि गिरि ,दाइ राजाकुमार गिरि, भिनाजु रन्जन गिरि, बहिनी खुश्बु गिरि ,भाइ कृष्णा गिरि लगायत साना बाबुहरु सहभागी रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...