बिरगंज युवा समाजद्वारा घाइते शिवाभत्तिको परिवारलाई खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज युवा समाजद्वारा आज एक समारोह बिच घाईते कमल शिवाभक्तिको परिवारलाई खाद्यान्य तथा लताकपडा वितरण गरेको छ ।

मकवानपुर जिल्लाको बुंगड़ेल गढ़ी निवासी कमल सिवाभक्ति भाई केही दिन अघि पात टिप्पने क्रममा रुखबाट लडेर सख्त घाईते हुन पुगेका थिए । एउटा बुढ़ी आमा र दुई दाजु भाई को तीन जनाको परिवारमा बुढ़ी आमा पारालाइसिसले गर्दा केहि वर्ष देखि नै बेडबाट उठन नसक्ने अवस्थामा छिन । यसरी घर चलाउने ब्यक्ति नै घाइते हुँदा घरको आर्थिक हालत निकै नै खराब भएर हातमुख जोर्न नि कठिनाई हुँदै आएको खबर सुन्ने बित्तिकै  बिरगंज युवा समाजको टोली त्यहाँ पुगी करीब ६ महीना पुग्ने खाद्यान्य तथा लताकपडा पीड़ित परिवारलाई हस्तान्तरण गरेको छ ।

बिगतमा पनि यस प्रकारका मानवीय सेवा बिरगंज युवा समाजले गर्दै आएको र भविष्यमा पनि यसलाई निरंतरता दिने समाजका अध्यक्ष संजीव थापाले जानकारी दिए ।

आजको हस्तान्तरण कार्यक्रममा समाजका रोशन गुप्ता, बिनोद धिमाल, मनोज गुप्ता, सुशील सिंह, बन्दना चौधरी, गायत्री कुमारी चौधरी, कमलेश सर्राफ, सुबोध श्रीवास्तव, विक्रांत खनाल तथा बेंटि सिंहको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...