मानवसेवा आश्रममा ४८ जना आमाहरूको स्त्रीरोग सम्बन्धि स्वास्थ्य परिक्षण

Date:

अजित कुमार भुजेल , बिरगंज । मानवसेवा आश्रम बिरगंज सेवा केन्द्रमा आश्रित ४८ जना आमाहरुको स्त्री रोग सम्बन्धि स्वास्थ्य परीक्षण तथा आश्रम अवलोकन कार्यक्रम सम्पन्न भएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बिरगंज निवासी वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. मञ्जु रायको सक्रिय पहलमा सम्पन्न यो स्वास्थ्य शिविरले वृद्ध आमाहरुलाई समयमै रोग पहिचान तथा परामर्श सेवा प्रदान गरेको छ।

डा. रायले आमाहरुको स्वास्थ्य अवस्था प्रति चिन्ता व्यक्त गर्दै आवश्यकता अनुसार थप उपचार सेवा तथा स्वास्थ्य सुविधामा पनि साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। मानवीय भावनाले प्रेरित यस पहलले वृद्ध आमाहरुको स्वास्थ्यमा थप सुधार आउने विश्वास लिइएको छ।

कार्यक्रममा मानवसेवा आश्रम बिरगंज शाखाका जिल्ला संयोजक मुना मगरको विशेष उपस्थिति रहेको थियो। उनले डा. मञ्जु रायप्रति विशेष धन्यवाद ज्ञापन गर्दै यस्ता सेवामूलक कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने उल्लेख गरिन्।

आश्रम प्रशासनका अनुसार यस्ता स्वास्थ्य जाँच कार्यक्रमहरू भविष्यमा पनि नियमित रुपमा सञ्चालन गरिनेछन्, जसबाट आश्रित आमाहरुले समय समयमा आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सकून्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...