स्व. सुशील खेतानको स्मृतिमा मारवाडि प्रिमियर लिग ( MPL) क्रिक्रेट ट्रुर्नामेन्ट -२०८२ यहि जेष्ठ ३ गतेदेखि बिरगंजमा सुरु हुने

Date:

अजित कुमार भुजेल , बिरगंज । मारवाडी समुदायको गौरवशाली खेल आयोजनाको रुपमा परिचित ‘मारवाडी प्रिमियर लिग (MPL)’ क्रिकेट टुर्नामेन्ट 2082 का लागि खेलाडी छनोटको लिलामी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। यसपटकको MPL प्रतियोगिता स्व. श्री सुशील खेतानको स्मृतिमा आयोजना गरिंदैछ।

जेष्ठ ३ गतेदेखि बिरगंजमा सुरु हुन गइरहेको प्रतियोगिताको तयारीस्वरूप आज बिरगंज-१४ स्थित क्लार्क रिसोर्टमा सम्पन्न लिलामी कार्यक्रममा विभिन्न टिम मालिक, खेलाडी, पत्रकार तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बिरगंज  महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह उपस्थित थिए। उनले मरवाडी समुदायले खेलकुदको माध्यमबाट सामाजिक एकता र सद्भाव बढाउने कार्यमा अग्रसर भईरहेकोमा प्रशंसा व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष  जयप्रकाश खेतानले गर्नुभएको थियो। उहाँले स्मृति स्वरूप आयोजना गरिएको यस प्रतियोगिता मार्फत युवामा सकारात्मक ऊर्जा र नेतृत्व विकास हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न उमेर समूहका प्रतिभाशाली खेलाडीहरूलाई लिलामी प्रक्रिया मार्फत विभिन्न टिमले चयन गरेका छन्। लिगमा प्रतिस्पर्धा गर्ने टिमहरू, खेल तालिका तथा अन्य व्यवस्थापकीय पक्षहरू चाँडै सार्वजनिक गरिने आयोजक समितिले जनाएको छ।

क्रिकेटलाई माध्यम बनाई समुदायबीच सहकार्य, सद्भाव र खेल भावना बढाउने उद्देश्यसहित आयोजना गरिँदै आएको MPL टुर्नामेन्ट यसपटक झनै व्यवस्थित र आकर्षक हुने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...