अजित कुमार भुजेल , बिरगंज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भोलेन्टियर समूह बिरगंज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र पर्सामा आयोजित उक्त कार्यक्रम केही समूहमा देखिएको रगत अभावलाई पुरा गर्नका लागि सञ्चालन गरिएको आयोजकले जानकारी दिएका थिए ।
रक्तदान कार्यक्रममा २ महिला सहित ५६ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा अनिता ठाकुर , रमेश केसि , प्रकाश कुमार , पवन देवकोटा , सागर पटेल , दिपक पटेल लगायतले रक्तदान गरि सहयोग गरेका थिए ।
सो कार्यक्रममा भोलेन्टियर टिम बिरगंजका महासचिव श्याम सरार्फ, संयोजक राजन श्रीवास्तव, नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री विनोद गिरी , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको विशेष अतिथिको रूपमा सहभागी भएका थिए।