ग्रिनसिटि सामुदायिक सेवाद्वारा बिरगंजको छ्पकैया-१ मा रहेको डोम बस्तिमा निसुल्क स्वास्थ्य शिबिर सन्चालन

Date:

अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी साझेदारी  कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगंज पर्सा, रुँगता वेलफेयर सोसाइटी वीरगंज पर्सा तथा वीरगंज सामुदायिक आँखा अस्पताल वीरगंजको सँयुक्त आयोजनामा निसुल्क घुम्ती स्वास्थ्य शिबिर सन्चालन गरेको छ ।

पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं ०१ बजार छपकैयामा बसोबास गर्ने  विपन्न समुदायका डोम बस्ती टोलमा  निःशुल्क घुम्ती स्वास्थ्य शिविर( आँखा चेक जाँच, कान चेक जाँच, दाँत चेक जाँच) घुम्ती शिविर कार्यक्रम आज सम्पन्न भएको छ ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अथिति जिल्ला प्रहरी कार्यालय पर्साका  प्रहरी उपरीक्षक गाैतम मिश्र ,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल , सिमा चौकी छ्पकैयाका प्रहरी वरिष्ठ नायव निरीक्षक केदार तिमिल्सेना, प्रहरी चौकी आदर्शनगरका प्रहरी नायव निरिक्षक  प्रदिप कुमार गोले , सामुदायिक आँखा अस्पताल वीरगंज पर्सा महेश सिंह धामी , समाजसेबि कमल चौगाई , लालबाबू गुप्ता , श्याम प्रसाद साह , ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगरका सदस्य कैलाश बजाज , प्रहरी वरिष्ठ हवल्दार प्रेम राम ,  प्रहरी सहायक हवल्दार अजिता घिमीरे लगायत सन्चारकर्मीको उपस्थितिमा पुरुष ८० जना र महिला १३० जना गरि जम्मा २१० जनाको चेकजाच गरि औंषधि समेत बितरण गरिएको खेतानले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...