बिरगंजमा अब बिहे , ब्रतबन्ध , पार्टी उत्सवमा आतिशबाजि , पटाका एवं डिजेमा प्रतिबन्ध लगाउने

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा बिहे , ब्रतबन्ध , पार्टी उत्सब तथा कुनै पनि समारोहमा आतिशबाजी गर्न तथा पटाका फोर्न पुर्ण रूपमा बन्देज लगाइएको छ ।

आज जिल्ला प्रशासन कार्यालयको सभाहलमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल को अध्यक्षतामा बसेको सरोकारवालाहरु संगको बैठकमा उक्त निर्णय भएको बैठकमा सहभागी होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्तले बताए ।

बैठकमा जिल्लाका प्रहरी प्रमुख गौतम मिश्र , ससस्त्र प्रहरीका प्रमुख राधेश्याम धिमाल सहित बिरगंजमा संचालित पार्टी प्यालेसहरुका संचालक एबम प्रबन्धकहरुको सहभागिता रहेको अध्यक्ष पन्तले बताए ।

बैठकले जिल्लामा हुने ध्वनि प्रदुषणलाई मध्यनजर गर्दै डिजेलाई पनि अब क्रमश निरुत्साहित गर्दै जाने सहमति भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनले हाललाई डिजे राति १० बजे पछि पुर्णरूपमा रूपमा निषेध गर्ने सहमति भएको र तुरुन्तै अन्य सरोकारवालाहरुसंग पनि बैठक बसेर डिजेलाइ पर्सा जिल्लामा पुर्ण रूपमा प्रतिबन्ध गरिने बताए ।

जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले बैठकमा भएको सहमतिलाई सबैले अक्षरस पालना गर्नु पर्ने र त्यसो नभए उलंघन गर्नेलाइ कार्बाहिको दायरामा ल्याउने बताए । त्यसै गरि सशस्त्र  प्रहरी उपरीक्षक राधेश्याम धिमालले सिमाबाट नियम बिपरित भित्रिने डिजेका उपकरण ,पटाका एबम आतिसबाजि जन्य पदार्थहरुमा कडाइका साथ चेक जांच गरिने बताए ।

बैठकमा होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष हरि पन्तले पार्टी प्यालेस बूक हुँदा प्रायः अग्रिम बुकिङ हुने हुँदा अधिकान्स बुकिङ डिजे सहितनै बुक भएकोले अहिले नै डिजेलाई तुरुन्तै पुर्णरूपमा बन्द गर्ने अबस्था नरहेकोले यसको लागि केही समय मागिएको र सोही बमोजिम हाललाई पार्टीहल भित्र १० बजे पछि मात्र डिजे निषेध गरिने बताए।

उक्त बैठकमा संघका महासचिव माधब बस्नेत , आन्तरिक राजस्व कार्यालय पर्साका करअधिकृत , पर्यटन कार्यालय पर्साका प्रमुख लगायत पार्टी प्यालेसका संचालकहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...