बिकन माबिद्वारा आमाको मुख हेर्ने पर्वमा , आमाहरुलाई सम्मान ।

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ।

सोही क्रममा आज आइतबारका दिन एक कार्यक्रमको आयोजना गरि यस बिकन सेकेन्डरी स्कुलमा पढने बालबालिकाहरुको आमालाई बोलाई विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ।

सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायको आतिथ्यमा एवं शैक्षिक सहिद मुकुन्द प्रसाद स्मृति खनाल प्रतिषठान पर्साकि अध्यक्ष मुना कुमारी खनालको अध्यक्षतामा सम्पन्न भएको थियोे । त्यसैगरि विशिष्ट अतिथिमा यस स्कुलका प्रीन्सिपल जय कुमार दनुवार,रीना बिश्वकर्मा,सुबास भट्टराई लगायतकाहरुको उपस्थिति रहेको थियोे।

कार्यक्रममा यस स्कुलका स-साना बालबालिकाहरुले विभिन्न किसिमका मनोरञ्जन कार्यहरु एवं गित संगित गरि सबै आमाहरुलाई झुमाएका थिए।

बिकन सेकेन्डरी स्कुलका संचालक एवं वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायका भनाई अनुसार यस अवसरमा सन्तानहरूले आमालाई मीठा–मीठा खानेकुरा खुवाउने, नयाँ लुगा उपहार दिने र आशीर्वाद लिने परम्परा छ।आफ्नो जन्मदाता आमाप्रति कृतज्ञता व्यक्त गर्ने र आमा जीवित नभएका व्यक्तिहरूले भने तीर्थस्थल गइ श्रद्धाञ्जली अर्पण गर्ने चलन छ।

सांस्कृतिक तथा पारिवारिक सम्बन्ध सुदृढ गर्ने भएकोले आमाप्रतिको माया र सम्मान अभिव्यक्त गर्ने अवसर प्रदान गर्छ। धार्मिक विश्वास अनुसार यस दिन आमाको मुख हेरेर आशीर्वाद लिनाले दीर्घायु र समृद्धि प्राप्त हुने मानिन्छ बताएका थिए।उक्त कार्यक्रम संचालन शिक्षक राहुल साहले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...