हेटौंडा प्रहरीले अबैध लागु औंषध खैरो हिरोईन सहित ४ जना पक्राउ

Date:

अजित कुमार भुजेल ,बिरगंज। हेटौंडा प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन सहित ४ जनालाई पक्राउ गरेको छ ।

हेटौँडा वडा न. १५ बाट दुई वटा मोटरसाइकलमा आएका ४ जनालाई ४ ग्राम ९१० मिलिग्राम अवैध लागूऔषध खैरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा ८ का २३ वर्षीय निखिल तिमल्सिना, २८ वर्षका भीमसेन पाण्डे, हेटौँडा ७ का २७ वर्षीय मन्जित गौतम र हेटौँडा ५ का २० वर्षका साकार ढुंगेल रहेका छन् ।

शंकाको आधारमा उनीहरूको शरीर तथा मोटरसाइकल खानतलासीको क्रममा निखिल तिमल्सिनाले बायाँ खुट्टाको जुत्ताभित्र लुकाएर ल्याएको अवस्थाको खैरो हिरोइन फेला परेको प्रहरीले बताएको छ ।

बिरगंजबाट हेटौँडातर्फ जाँदै गरेको गरेको प्र.२–०३–०२१ प ६३०८ नम्बर र बा.प्र.०३–००५ प ९६६६ नम्बरको मोटरसाइकल चेकिङको क्रममा ४ ग्राम ९१० मिलिग्राम लागूऔषध खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...