सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले आदर्शनगरस्थित गोदामबाट ५० लाख भन्दा बढीको कपडा र हार्डवेयरका सामानहरु बरामद गरि भन्सार बुझाए

Date:

अजित कुमार भुजेल ,बिरगंज।बिरगंजको आदर्शनगर स्थित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार बिरगंज महानगरपालिका वडा न. १० स्थित आदर्शनगर क्षेत्रमा लुकाइछिपाई गोदाममा राखिएका कपडा र हार्डवेयरका सामानहरू बरामद गरिएको हो।

उक्त अपरेशन सशस्त्र प्रहरीको टोलीले बिरगंज भन्सार कार्यालयसँग समन्वय गरेर सञ्चालन गरेको थियो। बरामद सामग्रीलाई आवश्यक कानूनी कारबाहीका लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सामानको प्रारम्भिक मुल्यांकन अनुसार बरामद कपडा र हार्डवेयरका सामग्रीहरूको कुल मूल्य ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबर रहेको छ।सशस्त्र प्रहरीका अधिकारीहरूले सीमा क्षेत्रमा हुने अवैध तस्करी रोक्न निरन्तर निगरानी र विशेष सूचना संकलनमा आफूहरू सक्रिय रहेको बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...