एसपि गौतम मिश्रले सम्हाले जिल्ला प्रहरी कार्यालय पर्साको कमान्ड

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा जिल्ला प्रहरी प्रमुखको कमाण्ड सोमबार दिउँसो एसपि गौतम मिश्रले कार्यालयमा पुगेर जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् ।

आजै जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी मिश्रलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्साल,  वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं सहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रुपमा प्रहरी उपरीक्षक गौतम मिश्रले कार्यभार सम्हालेका छन । प्रहरी प्रधान कार्यालयले चितवनबाट पर्सामा सरुवा गरेका प्रहरी उपरीक्षक मिश्रले आजै कार्यभार  सम्हालेका हुन । उनी दुई महिनाअघि मात्र चितवन गएका थिए।

प्रहरी उपरीक्षक मिश्र २०६४ सालमा वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखको रुपमा रहेर काम गरिसकेका छन । भाडाको भवनमा रहेको वडा प्रहरी कार्यालय श्रीपुरलाई तत्कालीन ईन्सपेक्टर मिश्रकै नेतृत्वमा विभीन्न दाताहरुको सहयोगबाट आफ्नै निजी भवन बनाएर संचालनमा ल्याएका थिए । त्यसैगरि यसअघि जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी नायब उपरीक्षकको रुपमा काम गरि एसपिमा बढवा भैइ विभिन्न जिल्लाको कमान्ड सम्हाल्दै अहिले पर्सा जिल्ला आउनु भएको र पर्सा जिल्लाको कमाण्ड सम्हाल्दै एसपी मिश्रले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवान देखि लिएर अधिकारी समेतलाई निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...