मेयर सिंहको निर्देशन पछी सकियो बिन्दवासिनिमा निर्माण हुन लागेको सडकको साइड क्लियरेन्स , अब धमाधम सडक बन्ने

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंजको वडा नं. १९ विन्दवासिनी टोल जोड्ने सडक निर्माणको काम अघि बढेको छ । पक्की सडक नहुँदा यस क्षेत्रका नागरिकले आउजाउका लागि वर्षौंदेखि सास्ति भोग्दै आएका छन् । आत्मराम पथबाट पश्चिम तर्फ जाने विन्दवासिनी टोल हुँदै नहर निस्कने बाटो निर्माणका लागि सडक क्षेत्रको जग्गा छुट्याउने काम सकिएको छ ।

समा विनोद साह जेभी निर्माण कम्पनीले ठेक्का सकार गरेर सडक निर्माणको जिम्मेवारी लिएको हो । विन्दवासिनी टोलमा ६ सय ५० मिटर नाला सहित कालोपत्रे सडक निर्माण हुन लागेको हो । करिब ११ करोड ४५ लाख रुपैयामा ठेक्का सकार गरेर काम अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ ।

साइौ क्लियरेन्स नभएको भन्दै निर्माण कम्पनीले काम गर्न ढिलाई गर्दै आएकोमा बुधबारबाट महानगरपालिकाले सडक निर्माण हुने क्षेत्रको सडक नापजाँच गरेर छुट्याएको हो । सडक निर्माणका लागि साइट क्लियरेन्स गर्न महानगरपालिकाको सार्बजनिक सम्पत्ति अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसिया नेतृत्वमा अमीन सहितको टोली खटेको थियो ।

वडा नं. १९ का वडाध्यक्ष मुकेश चौरसियाको रोहबरमा नक्सा अनुसार सडकको दुबै तर्फको क्षेत्र छुट्याइएको टोलीमा खटिएका महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेलले जानकारी दिनुभयो ।

निर्माण कम्पनीले ठेक्का लिएर साइट क्लियरेन्स नहुँदा निर्माणमा अवरोध हुँदै आएको सडकको काम चाडो टुंगो लगाउन महानगर प्रमुख राजेशमान सिंहले निर्देशन दिनुभएसँगै सार्बजनिक अतिक्रमण नियन्त्रण समिति टोली सहित सडक अतिक्रमण हटाउन विन्दवासिनी पुगेको हो । अतिक्रमण हटाएर सीमा क्षेत्र छुट्याएसँगै निर्माण कम्पनीले धमाधम निर्माण सामग्री झारेर काम गर्न सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...