अजित कुमार भुजेल , बिरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बुधबार बसेको थियो ।
महासंघका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा बसेको बैठकले चारवटा निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने निर्वाचन समितिका प्रमुख शत्रुघन नेपाल , निर्वाचन अधिकृत हरेराम सरार्फ , राजेन्द्र सिंह , सहयोगीको रुपमा गोविन्द देवकोटा , कृष्ण कुश्वाह , प्रणय साह , पत्रकार महासंघ पर्साका सदस्यहरु , सुरक्षाकर्मीहरु तथा विभिन्न सन्चारगृहका सन्चारकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दै बैठकको पहिलो निर्णय गरेको थियो ।
त्यसैगरि दोस्रो निर्णय अन्तर्गत नेपाल पत्रकार महासंघको नाममा रहेको खाता र स्व.नरेश सर्राफ स्मृति अक्षयकोषको नाममा रहेको खाता सञ्चालन गर्ने निर्णय गरेको थियो ।
तेस्रो निर्णय नेपाल पत्रकार महासंघ पर्साको चल अचल सम्पत्तिको लगत संकलन गरि एकमहिना भित्र कार्यसमितिमा बुझाउनका लागि कोषाध्यक्ष सञ्जिव मिश्रलाई जिम्मेवारी दिने निर्णय गरिएको पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
त्यस्तै चौथो नम्बरको विविधमा पत्रकार सरोज खड्का र हिमाल शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको अध्यक्ष खनालले बताए।
बैठकमा एक महिला सदस्य कमला भन्डारी बाहेक कार्यसमितिका १७ जनाको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।