बारा प्रहरीले ८९ हजार बराबरको मालसामान राजश्व अनुसन्धान कार्यालय पथलैया बुझायो

Date:

अजित कुमार भुजेल , बिरगंज । जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत निम्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीहरूद्वारा निम्न स्थानमा निम्न गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अन्दाज मुल्य रू. ८९ हजार १ सय ६० रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ।

बारा जिल्ला जीतपुर सिमरा उ.म.न.पा.वडा नं.०१ पथलैया चोक स्थितमा प्र.ब.ना.नि. रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले काकरभिट्टाबाट  काठमाडौंतर्फ जादै गरेको बा.प्र.०१-००६ ख ५८८३ नं. को बसको डिक्कीमा लुकाई छिपाई राखेको अन्दाज मुल्य रू.८९,१६०/-  बराबरको लहंगा, साडी, सुट, थानको कपडा नियन्त्रणमा बिल बिजक भन्दा बढी रहेकोले बुझाइएको जिल्ला प्रहरी बाराका प्रहरी नायब उपरीक्षक  प्रकाश सापकोटाले जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...