उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९ औं केन्द्रिय बार्षिक साधारण सभा बिरगंजमा सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९ औं  केन्द्रिय बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिरगंजको होटेल भिस्वामा शुक्रबार “व्यवसायमा मानव अधिकार र उपभोक्ता सरोकार” भन्ने मुल नाराका साथ २९ औं केन्द्रिय  बार्षिक साधारणसभाको पहिलो दिन उद्घाटन सत्र कार्यक्रम सम्पन्न भएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय अध्यक्ष ज्योति बानियाको अध्यक्षता भएको सो उद्घाटन सत्र कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बिरुवामा पानी हालि कार्यक्रमको सुरुआत गर्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल एउटा नागरिकका जागरण सिर्जना गर्ने, राज्य संरचनालाई दबाब दिने , राज्य र नागरिकको बीचमा पुलको र सहज कर्ताको रुपमा काम गर्ने एउटा गहन , चुनौतीपुर्ण र महत्त्वपूर्ण जिम्मेवारी सम्पादन गरेको सस्था आज २९ औं बर्ष पार गरेकोमा आभार व्यक्त गर्दै २९ औं बर्षको अन्तरालमा धेरै कुरा भएको र उपभोक्ताको जागरणका सन्दर्भमा , नियमनका सवालमा समयले बिकासका  गतिले प्रगति गरेको बताउदै त्यो भन्दा बढी चुनौती थपिएको बताउदै खानेपानी सस्थान छ, तर पानी उमालेर खाने सन्देश जारि गर्छ । दुध बिकास सस्थानले दुधको मुल्य बढाउन पाएको छैन , निजि क्षेत्रले मुल्य बढाउने यसको सहजीकरण कसले गर्ने प्रश्न गर्नु हुन्छ ।

गाडिमा यात्रा गर्दा सहचालकको व्यवहार , स्वास्थ्यको क्षेत्रमा समयमा नै उपचार नहुदै निको भएको अवस्था छ तर सिडियोले हेर्ने दृस्टिकोण र मिडियाले हेर्ने दृस्टिकोण फरक हुन सक्छ तर दृस्य एउटै भएको भन्दै यसमा सबैको जिम्मेवारी हुने बताउदै हामिहरुले खाने खाना , पानी र सास र अरु व्यापारीहरुले खाना र फेर्ने सासको आधार एउटै भएको भन्दै म सिडियो , म व्यापारी वा म पुर्वमन्त्री जे भएपनि उपभोक्ताको सन्दर्भमा कुरा गर्ने हो भने यो सबैको साझा बिषय हो , हामि , ईनि र उनि भन्ने सवाल हुदैन भन्दै ठगि गर्ने जोसुकै भएपनि कानुनीको दायरामा सबै आउने बताए ।

त्यसैगरि उपभोक्ता हित संरक्षण मञ्च नेपालले उपभोक्ताले भोग्नु परेको समस्याका बारेमा छुट्टै उपभोक्ता अदालत गठन मोडलको रुपमा ३ जिल्ला काठमाडौं , भक्तपुर र ललितपुर गठन भैइ सकेकोले अब थोरै समयमा नै बिना वकिलको सहायताले सूचनाको आधारमा कार्वाही गर्न सक्ने भन्दै बाकि जिल्ला अदालतले हेर्ने भन्दै अहिलेसम्म उपभोक्ता ठगिमा सबै भन्दा बढी क्षतिपुर्ति ४५ लाख दिलाउन सफल भएको , मदिराजन्य बिज्ञापनमा समेत यस सस्थाले रोक लगाउन सफल भएको बताएका थिए ।

सो कार्यक्रममा लुम्बिनी प्रदेशका सान्सद एवं पुर्व उद्योगमन्त्री दधिराम न्यौपाने , बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल , स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्त नारायण साह , वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका सुनिल चौरसिया , गुणस्तर तथा नापतौल कार्यालय पर्साका निरीक्षक राम प्रसाद लम्साल , प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य  निरज पिठाकोटे मगर , पर्सा थोक खुद्रा किराना व्यवसायी संघ पर्साका अध्यक्ष शंकर कुशवाह , उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष अजय अधिकारी , बासु खतिवडा , महासचिव बिष्णु तिमिल्सिना , उपमहासचिव कुमारि खरेल केन्द्रिय सचिव जय प्रसाद पौडेल , भुवन प्रसाद निरौला , केन्द्रिय  सदस्य ( बारा) नरेश मोदक , बसन्त गौतम , महेश खड्का ( बिराटनगर ), रामजि ज्ञवलि ( नवलपरासि ) ऋषि आजाद ( रुपन्देही ), पर्सा जिल्ला अध्यक्ष सुनिल श्रेष्ठ  लगायतका ३१ केन्द्रिय कार्य समितिका पदाधिकारीहरु , सन्चारकर्मिहरुको सहभागिता रहेको थियो ।

त्यसैगरि केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले उपभोक्ताका सवालमा व्यापारीहरुले लुटतन्त्र र स्वास्थ्यमा लापरबाही गरेको बारेमा प्रोजेक्टरबाट जानकारी गराएका थिए ।

त्यसैगरि नेवा देय दबु नगर कमिटिद्वारा अतिथि पाहुनाहरुलाई टिका लगाई अतिथि सत्कार समेत गरेका थिए ।

स्वागत कार्यक्रम मञ्चका केन्द्रिय महासचिव बिष्णु तिमिल्सिनाले , कार्यक्रम सन्चालन केन्द्रिय सदस्य धिरज शर्मा र धन्यवाद ज्ञापन मञ्चका पर्सा अध्यक्ष सुनिल श्रेष्ठले दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...