अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताले बिरगंज वडा. ४ स्थित त्रीजुद्ध मावीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
संविधान दिवसको अवसरमा आयोजनामा गरिएको सो कार्यक्रममा विभिन्न उन्नत जातका ४० थान विरुवा रोपण गरिएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्रका बिर्ताका अध्यक्ष मजिद मिया अन्सारीको अध्यक्षता एवं वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरज चौलागाईंको प्रमुख आतिथ्यमा सम्पन्न सो वृक्षारोपण कार्यक्रममा बिशिस्ट अतिथी वडा न. ४ का वडाअध्यक्ष जगत साह कानु, नेपाली काङ्ग्रेसका नेता बिजय सरार्फ ,स्कुलका प्रधानाध्यापक नवीन सिंह , शिक्षक प्रेम पटेल,दलित नेता अशोक राउत , बिरगंज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह ,सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी , बिर्ता युवा क्लबका अध्यक्ष राजा बरनवाल, युवा समाजसेवीहरु अनिल प्रधान, इन्द्र मानन्धर,रमेश उपाध्याय,पन्नालाल पटेल,पवन सरार्फ ,अमजद अलि,मनेजर साह,दिपेश गुप्ता,अभिषेक गुप्ता,कृष्ण सरार्फ लगायत सामुदायिक प्रहरी बिर्ता र बिर्ता युवा क्लबका पदाधिकारी सदस्यहरुको साथै प्रहरीहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथी प्रहरी निरीक्षक चौलागाईंले प्रकृतिको बिना हामी सहित सन्सारमा कोहि कसैको अस्तित्व नरहने भएकोले हामी सम्पुर्णले बोट बिरुवा रोपन गरि त्यस्को संरक्षण सम्बर्द्धन एवं प्रवर्द्धन गरि प्रकृति र पृथ्विको सम्मान गर्न निकै आवश्यकता रहेकोमा जोड दिदै आफू आएको केही दिन मात्र भएको र यस्तो राम्रो कार्य गर्न आफुलाइ मौका जुराइ दिनुभएकोमा सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ता परिवार प्रती हार्दिक आभार व्यक्त गरेका थिए भने सामुदायिक प्रहरी बिर्ताका अध्यक्ष अन्सारिले सहभागी एवं स्कुल परिवारलाई हार्दिक धन्यवाद दिएका थिए। ।