६० औं राष्ट्रिय बाल दिवसको अवसरमा बाल हेल्प लाईनमा अन्तरकृया

Date:

अजित कुमार भुजेल , बिरगंज । आज ६० औँ राष्ट्रिय बाल दिवस वीरगंज लगायत देशैभर विविध कार्यक्रम गरी मनाइएको थियो । ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नारासहित  वीरगंज महानगर पालिका वडा न.३ स्थित बाल हेल्प लाईनमा आज अन्तरकृया कार्यक्रम गरि मनाएको थियो ।

आवर सन्सार नेपाल र बिरगंज महानगर पालिकाको समन्वयमा संचालित बाल हेल्प लाईनमा रहेका बालबालिकाहरुलाई सर्व प्रथम शिक्षाबाट बन्चित गर्न नहुने , शिक्षाका साथ साथ खाजा , पाठयसामग्रीहरुको व्यवस्था स्थानीय सरकारको जिम्मेवारी रहेकोले शिक्षा , स्वास्थ्य , बास , खाजा र पाठ्यसामग्रीहरुको व्यवस्था गर्नु पर्ने वक्ताहरुको भनाइ रहेको थियो ।

त्यसैगरि सो कार्यक्रममा पत्रकार अजित भुजेलले आजका बालबालिका भोलीका कर्णधार हुन , उनिहरुलाई पनि राज्यले उनिहरुको भविष्य बनाउनेतर्फ बेलैमा ध्यान दिन आग्रह गरेका थिए ।

यो बाल हेल्प लाईन सस्था खुलेको आज ५ बर्ष पूरा भैइ ६ बर्ष हुदा पनि आफुलाई अहिलेसम्म थाहा नभएको र प्रचार प्रसारको अभावले गर्दा यस सस्थालाई सहयोग गर्ने दाता नहुदा अगामी दिन अझै अगाडि बढन नसकेकोले आफुले आफ्नो सन्चार माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसैगरि सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिब दिलिप प्रधानले सस्थाको तर्फबाट आफ्नो व्यक्तिगत तर्फबाट यहा रहेका बालबालिकाहरुलाई सहयोग गर्ने बताए ।

सो कार्यक्रममा बालबालिकाहरुले आफ्नो नृत्यकला प्रस्तुत गरेका थिए । हाल बाल हेल्प लाईनमा ७ वटा बालबालिका रहेको र १० जना बिहान आउने र दिउँसो घर जाने सस्थाका आउट रिच अफिसर अनरजित साहले जानकारी दिनुभयो ।

साहले सस्थाको बारेमा प्रकाश पार्नु हुँदै सस्थालाई आवस्यक  सहयोग गरे  यसलाई अझै अगाडि  बढाउने जानकारी दिनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्रको प्रमुख , सामुदायिक  सेवा केन्द्र श्रीपुर मुर्लीका बरिस्ठ उपाध्यक्ष जयलाल साह , सचिव कुलनारायण प्रधान ( दिलिप ) सदस्य मधुसिंह राजपुत , जगत राई , सन्चारकर्मी अजित भुजेल , बरिस्ठ हवल्दार  सुभाष प्रसाद यादव लगायतको सहभागी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...