अजित कुमार भुजेल , बिरगंज । बिरगंज सपारु समितिले बिरगंजमा नेवार समुदायका मृत्यु भएका ब्यक्तिहरुको सम्झनामा मंगलवार गाईजात्रा निकालेको छ।
बिरगंजको अलखियामठबाट अध्यक्ष संजय जोशीको नेतृत्वमा रैलि शुरु भई विभिन्न भेषभुषामा गाईको रुपमा बालबालिकाहरुलाई सजावट गरि मुख्य सडक हुदै माइस्थान २ नम्बर रोड,बिर्ताचौक हुदै पुन फेरि अलखियामठमा आएर समापन गरिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।
नेवार समुदायको आफ्नो घर परिवारका सदस्य मृत्यु भएको खण्डमा उक्त गाईजात्राको दिन मृत्य भएकाको सम्झनामा रैलि निकालि मनाउने चलन रहेको अध्यक्ष जोशीले बताएका छन् ।
हरेक वर्ष मनाउने क्रममा बिरगंजमा पनि धुमधामले सो गाईजात्रा मनाएको छ। गाईजात्रालाई सफल बनाउन अलखियामठ संचालक समितिका अध्यक्ष सुपेन्द्र बहादुर श्रेष्ठ ,बिरगंज सपारु समितिका सचिव सुन्दर श्रेष्ठ ,नेवा पुचका अध्यक्ष हरि बैध,सुनिल जोशी ,अमृता बैध,रुपेशमान मानन्धर ,निरज हरिमुल,तारामान श्रेष्ठ ,हिराकाजी महर्जन ,सुशील श्रेष्ठ लगायतको विशेष भुमिका रहेको बीरगंज सपारु समितिका अध्यक्ष संजय जोशीले बताए ।