बिरगंज महानगरको लक्ष्य ” जहा खालि , त्यहा हरियाली “

Date:

अजित कुमार भुजेल , बिरगंज ।  बिरगंज महानगरपालिकाले ड्राइपोर्ट परवानीपुर सडकलाई हरियाली बनाउन बृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

आइसीपीदेखि हरपतगंज चोकसम्मको डिभाइडरमा यस अघि नै वृक्षारोपण गरेर हरियाली बनाइसकेको महानगरले बिहीबार अपौनी तर्फको सडक डिभाइडरमा बृृक्षारोपण गरेको छ ।

ड्राइपोर्ट देखि परवानीपुर सम्मै सडकको डिभाइडरमा बृक्षारोपण गर्ने लक्ष्य महानगरले राखेको छ ।

बृक्षारोपणले हरित सहर बनाउन मद्दत पुग्नुका साथै सडक सौन्दर्य पनि झल्किने भएकाले बृक्षारोपण प्राथमिकताका साथ गर्ने अभियान अघि बढाइएको बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिंहले बताउनुभयो ।

महानगरले शंकराचार्यद्वार देखि गण्डक सम्मको बाइपास सडकमा बृक्षारोपण गरेर यस अघि नै हरियाली बनाउने काम गरिसकेको छ । अब बाँकी रहेका सडक डिभाइडर तथा किनारामा बृक्षारोपण सक्ने कार्यलाई अघि बढाइएको महानगर प्रमुख सिंहले बताउनुभयो ।

‘जहाँ खाली, त्यहाँ हरियाली’ भन्ने लक्ष्य लिएर आफूहरुले सडक डिभाइडर तथा महानगरभित्रका सार्वजनिक तथा ऐलानी जग्गाहरुमा बृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिएको बताउनुभयो ।

महानगरले ड्राइपोर्ट परवानीपुर सडकको डिभाइडरमा म्याङ्गो स्टिक, गुल्मोहर, पिपल, समी (फाइकस बेन्जाइना), अशोक, निम लगायत विभिन्न प्रजातीका बिरुवा रोपेको छ । बिहीबार ५ सय बिरुवा रोपिएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष  जयप्रकाश खेतानले  जानकारी दिनुभयो ।

बृक्षारोपण कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, वातावरण शाखा प्रमुख राकेश जसवाल , डिभिजन वन कार्यालयका प्रमुख सुनिललाल कर्ण, सरसफाइ प्रमुख सरफुदिन मिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक निता थापा , बिओपि ड्राईपोर्टका सप्रनी बिपिन खनाल , श्री जंग गण बिरगंजका प्रकाश बानियाँ,  ग्रिनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतान , उपाध्यक्ष सन्जय शर्मा , सदस्य रतन टेमानी , सुशील कादमिया, चन्द अग्रवाल , त्रिलोक चन्द्र  दारुका, राकेश अग्रवाल , कैलाश बजाज , ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका प्रहरी वरिष्ठ हवल्दार बिबेक राउत कुर्मी , प्रहरी जवान अम्मर सिंह साउद  लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...