पर्सा प्रहरीद्वारा गाजाखेती नस्ट गर्ने अभियान तिब्र

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानलाई तिव्र बनाएको छ ।

अभियान अन्तर्गत प्रहरीले पर्सा  जिल्लाका विभिन्न स्थानहरुमा अवैध रुपले लगाइएको गाँजा खेती नष्ट पार्दै आएको हो । सोही अभियान बमोजिम  प्रहरीले आज पनि अवैध रुपले लगाइएको गाँजा खेती फडानि गरेर नष्ट गरिएको  जनाएको छ ।

पर्सागढी नगरपालिका वडा नं. २ स्थित लगाइएको गाँजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ । सिन्गाइ खोलाको किनारमा अवैध रुपले लगाइएको डेढ कठ्ठा गाँजा  नष्ट गरेको  ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केशरीले बताए।

प्रहरीले उक्त स्थानमा रहेको आठसय बोट गाँजा फाडानी गरेको केशरीले बताए । प्रहरी चौकी मनवा पर्साबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटिएको  टोलीले उक्त गाँजा फाडानी गरेको प्रहरीले जनाएको छ ।

यसअघि हिजो पनि प्रहरीले जीराभवानी गाउँपालिका वडा नंं २ सेढवा र वडा नं. ३ जितपुर टोलमा लगाइएको गाँजा खेती फडानी गरेर नष्ट गरिएको थियो ।

हिजो ७ ठाउँमा १ हजार ८ सय बोट गाँजा फडानी गरि नष्ट गरिएको प्रहरी निरिक्षक केशरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...