आचरण बिपरित कार्य गर्ने चिकित्सकको आत्मलोचना पछी केएमसिको बिवाद समाधान

Date:

अजित कुमार भुजेल , काठमाडौं । काठमाडौं मेडिकल कलेजको विवाद समाधान भएको छ ।

आचरण विपरित कार्य गरेको भन्दै कलेज प्रशासनले एक महिना निलम्बन गरिएका आवासिय चिकित्सक डा.विशद दाहालले आत्मलोचना गरेपछि विवाद समाधान भएको हो ।

आज कलेजका तर्फबाट सहायक प्राचार्य डा.पावना कायस्थ तथा कलेजका आन्दोलनरत आवासिय चिकित्सकहरुका तर्फबाट प्रतिनिधित्व गर्ने डा.बिजय केसी विच सहमति भई विवाद समाधान भएको हो ।

डा.विशद दाहालले विगतका कमीकमजोरी स्वीकार्दै आत्मलोचना गरेपछि काठमाडौं मेडिकल कलेजले उनको निलम्बन समेत फिर्ता लिएको छ ।

आज बसेको वार्तामा दुई पक्षविच कलेजले सञ्चालन गर्ने निःशुल्क स्वास्थ्य शिविरलाई व्यवस्थित र सहज रुपमा सञ्चालन गर्न समेत आठ बुँदे सहमति गरिएको छ ।

मंगलबार शिक्षामन्त्री अशोक कुमार राईले पत्र नै काटेर निलम्बित डा.विशद दाहालको निलम्बन फुकुवा गर्न कलेजलाई निर्देशन दिएका थिए ।

आचरण विपरित कार्य गरेको भन्दै निलम्बन गरिएका चिकित्सकको पक्षमा शिक्षामन्त्री नै लागेपछि त्यसअघि सकारात्मक भएको वार्ता विथोलिएको थियो ।

सोक्रममा कलेजका सञ्चालक डा. सुनिल कुमार शर्माले कलेजको स्वास्थ्य सेवा र शैक्षिक गतिविधि नै प्रभाव पार्ने कार्य गरेका चिकित्सकको पक्षमा शिक्षामन्त्री नै उभिनु लज्जास्पद र हास्यास्पद भन्दै विशद दाहाललाई विश्वविद्यालयमै फर्काइदिने र शिक्षामन्त्रीको निर्देशनको विरुद्ध कानुनी कारवाहीमा जाने चेतावनी दिएका थिए ।

सहमति अनुसार आवासिय चिकित्सकहरुले पुष १२ गते घोषणा गरेका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिई नियमित कामकाज र अध्ययनमा फर्कने, ८१ जना आवासिय चिकित्सकले पुष ११ गते कुनैपनि स्वास्थ्य शिविरहरुमा संलग्न नहुने भनि दिएको निवेदन बदर हुने तथा कलेजले स्थानीय स्तरमा आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरमा संलग्न हुने भनिएको छ ।

यस्तै, निःशुल्क स्वास्थ्य शिविरका सवालमा अब उप्रान्त अर्को व्यवस्था नभएसम्म २ हप्तामा ३ पटक र स्टे क्याम्प महिनामा एक पटक वा अस्पताल व्यवस्थापनले आवश्यक ठाने बढिमा २ पटकसम्म आयोजना गर्ने, शिविर हुने ठाउँ, दुरी र आवश्यक्ताको आधारमा एक पटकको आवासिय स्वास्थ्य शिविर सामान्यतया एक हप्तासम्मको हुने तथा एक हप्ताभित्र विभिन्न ठाउँहरुमा गरिने शिविरलाई एउटा स्टे क्याम्पका रुपमा गणना गरिने लगायतको सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...