बिना भन्सार भारतिय एम्बुलेन्स र चालक सहित बिरगंज भन्सार बुझायो

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा प्रहरीले बिना भन्सारको भारतीय एम्बुलेन्स र चालक सहित बिरगंज भन्सार कार्यालय बुझाएको छ ।

भारतीय बोलेरो एम्बुलेन्स गाडी भन्सार छली चोरी पैठारी गरि नेपालमा भित्र्याई पर्सा जिल्लाको ग्रामीण एरिया तथा महानगरपालिका  भित्रमा अनाधीकृत रुपमा प्रयोग गर्दै आईरहेको छ भन्ने सूचनाको आधारमा हिजो सोमबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले अन्दाजी दिउसो ३:२० बजे बिरगंज महानगर पालिका वडा न.१३ तराई अस्पताल अगाडि सडक खण्डमा पुग्दा सूचना अनुसारको BR1AP 5291 नम्बरको भारतीय बोलेरो एम्बुलेन्स गाडीलाई स्वरुप परिवार गरि स्कारपियो गाडीको पार्टसहरु लगाएको बिना भन्सारको एम्बुलेन्स चालक भारत बिहार पुर्वी चम्पारण जिल्ला पलनवा ग्राम बहुअर्वा बस्ने बर्ष ३० महमद नेजामुदिन र BR1AP 5291 नम्बरको भारतीय बोलेरो एम्बुलेन्सलाई अन्दाजी मुल्य रु. ४ लाख मुल्यांकन गरि थप अनुसन्धान तथा कार्वाहीको लागि आजै बिरगंज भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जीवनमा आउने द्वन्द्व अस्थायी हुन् , आशा र साहसले नै सफलता दिलाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , असार २५ गते , रक्सौल, पूर्वी...

तलब विवादपछि बिरगंज महानगरको आन्दोलन स्थगित , वार्तापछि कर्मचारी काममा फर्किए

पर्सा पोस्ट  , असार २५ गते , वीरगञ्ज । बाँकी...

साप्ताहिक पत्रिकालाई पनि लोककल्याणकारी सूचना दिने वीरगञ्ज महानगरको निर्णय

पर्सा पोस्ट , असार २५ गते  , वीरगञ्ज । वीरगञ्ज...

प्रतिबन्धित लागूऔषध सहित दुई युवक पक्राउ , ४८ बोतल कफ सिरप बरामद

पर्सा पोस्ट ,  असार २४ गते , सर्लाही । जिल्ला...